मोटरसाइकलमा सवार सात जनालाई प्रहरीले रोकेपछि जे जवाफ फर्काए…

भारतको नेपाली सीमा क्षेत्र बिहारको शेओहर जिल्लामा एक व्यक्तिले बाइक चलाएको भिडियो भाइरल भएको छ।ती व्यक्ति सात जना यात्रुसहित बाइकमा बसिरहेका थिए । देखिएको तस्विर कुनै सम्पादन हैन । सोही घटनाको वास्तविक तस्विर हो ।

यति मात्र होइन, मोटरसाइकल चालक पनि हेलमेट बिना नै थिए । मोटरसाइकलमा सवार मध्ये २ महिला र ४ बालबालिका रहेका थिए ।त्यो बाइकमा सवार व्यक्तिलाई देख्ने जो कोही छक्क परे । यो पूरा घटना शेओहर जिल्लाको नगर थाना क्षेत्रको हो।

एउटै मोटरसाइकलमा सवार दुई महिला र बालबालिकासहित सात जनालाई देखेर प्रहरी पनि छक्क परेको थियो ।नगरको नवाब हाईस्कुल नजिकै सवारी चेकजाँचका क्रममा मोटरसाइकल चालकलाई प्रहरीले रोकेको हो । यति धेरै यात्रु बोकेको भन्दै घटनास्थलमा उपस्थित प्रहरीले पहिले उक्त व्यक्तिलाई गाली गरे ।

यसरी बाइक नचढ्न अरुलाई सुझाव दिए । तर चालकले आफ्ना दुई श्रीमती मध्ये कुनै एकलाई मात्र बोक्दा अर्की रिसाउने, बच्चाहरु छोडेर श्रीमतीहरु मात्र लिएर हिँड्न नसक्ने आफ्नो बाध्यता रहेको बताए । यो जवाफले प्रहरी नै हैरान भएको थियो ।

यसैबीच, सार्वजनिक रूपमा मोटर वाहन ऐनको अवहेलना गर्ने व्यक्तिको भिडियो भाइरल भएपछि मानिसहरू पनि रमाइलो गरिरहेका छन्। कसैले यसलाई पेट्रोल र डिजेलको बढ्दो मूल्यसँग जोडेर हेरिरहेका छन् भने कसैले यसलाई मनोरञ्जनको रुपमा लिएका छन् ।

भिडियो भाइरल भएपछि महानगरीय प्रहरी कार्यालय पनि अगाडि आएर स्पष्टीकरण दिनुपरेको थियो । कार्यालयले त्यस्ता सवारी साधन नचलाउन चालकहरुलाई आग्रह गरेको छ ।

यसरी मोटरसाइकल चलाउँदा दुर्घटना हुने सम्भावना बढेको नगर प्रहरी चौकी प्रमुख रघुनाथ प्रसाद बताउँछन् । यसरी मोटरसाइकल नचलाउन चालकलाई अनुरोध छ ।यदि त्यस्ता व्यक्तिहरू मानेनन् भने उनीहरूलाई मोटर वाहन ऐन अन्तर्गत कारबाही गरिनेछ र जरिवाना पनि गरिनेछ उनले भने । त्यसैगरी कतिपयलाई बुझाएर सुधार गर्ने मौका पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस