दक्षिणी थाइल्याण्डमा स्पीडबोटमा आगलागी हुँदा बीस जना घाइते

बैंकक, थाइल्याण्ड । थाइल्याण्डको खाडीनजिक इन्जिन विस्फोट भई स्पीडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार स्थानीय समय दिउँसो २ः३० बजे जहाज दक्षिणी चुम्फोन प्रान्तबाट कोह ताओ टापुका लागि प्रस्थान गरेको केही समयपछि दुर्घटना भएको हो ।

घाइतेहरू, १८ यात्रु र दुई चालक दलका सदस्यहरू स्थानीय अस्पतालमा उपाचाररत छन् । तीमध्ये दुईजना गम्भीर घाइते भएका छन् भने धेरैजसोलाई सामान्य चोट लागेको बताइएको छ । (रासस/एएनआई)

प्रतिक्रिया दिनुहोस