पति पत्निको तौल ३६२ KG, २ बर्षमा १८१ K घटाए, मोटाका लागि रोल मोडल बने

काठमाडौं । बढ्दो मोटोपन आजका दिनमा आम समस्या बन्दै गएको छ ।जिम गएर राम्रो खाना खाएर तौल घटाउन सबैलाई सजिलो लाग्न सक्छ । तर याद गर्नुहोस् कि घण्टौं कार्डियो गर्दा तौल घट्दैन । तौल घटाउनको लागि समर्पण, निरन्तरता, धैर्यता र कडा परिश्रम चाहिन्छ ।

यसका साथै तौल घटाउनका लागि धेरै कारकहरू पनि जिम्मेवार हुन्छन् । यी सबै कारकहरू मिलेर तौल घट्छ । तौल घटाउनको लागि तपाईसँगै तपाईको पार्टनर, श्रीमती, प्रेमिका वा साथीलाई उत्प्रेरित गर्न धेरै गाह्रो हुन सक्छ । तर एउटा यस्तो जोडी छ, जसले एकअर्कालाई प्रेरित गरेर यति धेरै तौल घटाएका छन् कि उनीहरुलाई अहिले चिन्न पनि गाह्रो छ ।

जसलाई तौल घटाउन धेरै गाह्रो छ भन्ने लाग्छ, उनीहरूले यो कथाबाट प्रेरणा लिन सक्छन् । यो जोडीमा श्रीमतीको १४१ केजी र श्रीमानको ४३ केजी घटेको छ । दुबैको फिटनेस यात्रा कसरी सुरु भयो र कसरी तौल घट्यो भन्ने बारे पनि जानकारी पाउन सक्नुहुन्छ ।

तौल घटाउने यो जोडीको रोचक कथा अहिले भाइरल भइरहेको छ । श्रीमतीको नाम लेक्सी रीड र पतिको नाम ड्यानी रीड हो । लेक्सी अहिले ३० वर्षकी भइन् । उनले विवाहपछि फिटनेस यात्रा सुरु गरेकी हुन् ।

सन् २०१६ मा, उनको तौल लगभग २१९ किलो थियो भने उनका श्रीमान् ड्यानीको तौल १२७ किलो थियो । महिलाले १४१ किलो तौल कम गर्दा श्रीमानले ४३ किलो तौल घटाएका छन् । लेक्सी र ड्यानी रीड संसारका लागि रोल मोडेल बनेका छन्, जसले मात्र १८ महिनामा आफ्नो जीवन परिवर्तन गरेका छन् ।

लेक्सीले दुवैको जीवन राम्रो बनाउन केही नियम बनाएकी थिइन् । उदाहरणका लागि १ वर्षसम्म न त बाहिरको खानेकुरा खाने, न त मादक पदार्थ पिउने आदि नियम बनाइएको थियो । त्यसपछि दुवैले एकअर्कासँग गरेको वाचा पूरा गर्दै तौल घटाएका हुन् ।

लेक्सीका अनुसार बाल्यकालदेखि नै उनको तौल बढी थियो । उनले धेरै पटक तौल घटाउने सोच बनाएकी थिइन् तर सकिनन् । जब उनी २५ वर्षकी भइन्, उनको तौल १७७ किलोग्राम थियो ।

त्यस क्रममा उनी आफ्नो जीवनमा खासै खुसी थिइनन्, किनभने उनको प्रेमी ड्यानी (हालको पति) को पनि तौल धेरै बढेको थियो । अर्थात् बढ्दो तौलबाट दुवै जना निकै चिन्तित थिए । ड्यानीको तौल लगभग १२७ किलो भइसकेको थियो ।

उनको तौल बढ्नुको कारण उनी खान मन पराउथे । उनी सधैं बाहिरबाट खाना मगाउने गर्थे, जसकारण उनको तौल क्रमशः बढ्न थाल्यो । दुवैजना पेट नभरिदासम्म कुनै पनि रेस्टुरेन्टबाट बाहिर निस्कन मान्दैन्थे । उनीहरु घण्टौंसम्म खाना खान्थे । लेक्सी सधैं बाहिरबाट ल्याएको खाना र प्रशोधित खाना खान्थिन्, जसकारण उनको तौल विस्तारै बढ्दै गयो ।

तर जब उनले ड्यानीसँग डेट गर्न सुरु गरिन्, तब उनीहरूले बढेको तौलका कारण घरबाहिर निस्कन, हाइकिङ वा साइकल चलाउन नसकेको महसुस गरेका थिए । जसका कारण दुबै जना टिभी अगाडि बसेर फिल्म हेर्दै जंक फुड खान थाल्थे । केही समय पछि, लेक्सीले महसुस गरिन् कि उनीहरूले जीइरहेको जीवन स्वस्थ जीवनशैली होइन ।

त्यसका लागि दुवैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ भन्ने विचार उनमा आयो । उनी सोच्दै थिइन्, केही समयपछि ड्यानीले उनलाई विवाहको प्रस्ताव राखे । त्यस समयमा, ड्यानीले लेक्सीको शरीरको आकारलाई कहिल्यै हेरेका थिएनन् । लेक्सी सधैं उनको लागि रानी जस्तै थिइन् र सधैं हुनेछिन् । त्यसपछि दुवैले विवाह गरे, आगामी जीवनको बारेमा सोच्न सुरु गरेका हुन् ।

लेक्सीको तौलका कारण बच्चा जन्माउन ठूलो जोखिम थियो । उनी गर्भवती भए पनि दुईमध्ये एकको मृत्यु हुनसक्ने पक्का थियो । त्यस बाहेक लेक्सीले आफूले तौल घटाउन नसके आगामी दिनमा यात्रा गर्न नसक्ने कुरा थाहा पाएकी थिइन् । हवाईजहाजको बारेमा सोच्न छोडेका उनीहरू कुनै पनि कारमा फिट हुन सक्ने अवस्था थिएन । विवाहको एक वर्षपछि पनि लेक्सी र ड्यानी आफ्नो अधिकांश समय टिभी हेर्दै बिताउने गर्थे । ड्यानीलाई यो सबै मनपर्‍यो, तर लेक्सी यसबाट दिक्क भइसकेकी थिइन् ।

किनभने उनी जीवनमा धेरै गर्न चाहन्थिन् । जब नयाँ वर्ष २०१६ आउन लागेको थियो, लेक्सीले दुवैका लागि केही नियम बनाइन्, फिटनेस यात्रा सुरु गर्ने सोचिन् । जब लेक्सीले ड्यानीलाई यो कुरा बताइन्, ड्यानीलाई यो मन परेन, किनभने ड्यानीलाई घरमा बस्न, सुत्न र खान मन पर्थ्यो । तर उनले आफ्नी श्रीमतीको निर्णयलाई सम्मान गरे र उनीसँग हरेक नियम पालना गर्न थाले ।

नयाँ वर्षको पहिलो दिनदेखि नै दुवैले एकअर्कालाई जीवनशैली ठीक राख्ने वाचा गर्दै हप्ताको ५ दिन ३० मिनेट व्यायाम गर्नुपर्ने नियम बनाएका थिए । ड्यानी र लेक्सीलाई जिम जान हुन धेरै गाह्रो भयो । किनभने दुवैसँग व्यक्तिगत प्रशिक्षण लिन पर्याप्त पैसा थिएन । तर व्यक्तिगत तालिम लिनुको सट्टा उनीहरु आफैं व्यायाम गर्न थाले र दिनहुँ जिमको हरेक गतिविधि ट्र्याक गर्न र आफ्नो फोटो खिच्न थाले ।

जिम जानु लेक्सीको लागि वरदान थियो, किनकि उनले बिस्तारै तौल घटाउन थाले र यसले उनको आत्मविश्वास बढायो । त्यसपछि उनले जिममा अन्य कक्षा पनि लिन थाले र नयाँ साथीहरू पनि बनाउन थाले । नयाँ साथी बनाएर उनीहरुले धेरै कुरा सिक्न पाए । त्यसपछि लेक्सीले एक महिनामा करिब ९ केजी तौल घटाएकी थिइन् ।

त्यसपछि दुवैले १८ महिना–२ वर्ष मेहनत गरेपछि ड्यानीको तौल ८६ केजी र लेक्सीको तौल लगभग ७८ केजी भयो । जब लेक्सी र ड्यानीले व्यायाम गर्न थाले, दुवैको तौल करिब ३६२ केजी थियो, त्यसपछि दुवैको यात्रामा कुल १८१ केजी घट्यो । त्यसपछि उनीहरु दुवैले वाचा गरे अनुसार स्वस्थ आहार पछ्याए, दुवैले घरमा पकाएको खाना खान्छन् ।

उनीहरुको एक वर्षको वाचा अझै जारी छ । दुवैले घरमा पकाएको खानेकुरा मात्र खाने गर्छन्, किनभने बाहिरको जङ्क र प्रशोधित खानाले धेरै नोक्सान गर्छ भन्ने कुरा उनीहरुले थाहा पाएका छन् । यसबाहेक, उनीहरूले उच्च प्रोटीन र अन्न–आधारित खाना दुवै खान्छ, जसले पेट भरी राख्छ र ऊर्जा पनि प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस