करिनासँग बिताएको त्यो रोमान्टिक पल अहिले सम्झिन पनि सक्दैनन् साहिद

बलिउडका चर्चित नायक शाहिद कपूर रोमान्टिक कलाकारकारका रुपमा लामो समयदेखि आफ्नो भिन्न छवी बनाइरहेका छन् । लगातार फिल्म पाउनु उनको चकलेट लुक्स मुख्य कारक हो । मिरा राजपुतसँग प््रेम विबाह गरेका यि ह्याण्डसम हिरो कैयौँ सुन्दरी नायिकाहरुको नजरमा परिसकेका छन् । प्रेम ररोमान्सको विषयलाई सामान्य रुपमा लिने यि हिरोले कैयन फिल्ममा अभिनय गरेका छन् जसमध्ये उनलाई मन नपरेका फिल्म मध्ये चुपचुप के र शानदारलाई उनले बकवास फिल्मको ट्यान दिन चाहान्छन् ।

सन् २००६ मा आएको यो चलचित्रलाई पनि शहिद भुल्न चाहन्छन्। यस चलचित्रमा शाहिदले बोल्न नसक्ने नाटक गरेको देखाइएको थियो। परेश रावल र राजपाल यादवको कमेडीले चलचित्रका नायक शाहिदलाई नै ओझेलमा परेको थियो। चलचित्रमा नायकको रुपमा उनी भएता पनि उनले खासै अभिनय कला भने देखाउन पाएनन्।

जसका कारण उनले यो फिल्मको नाम नै लिन चाहाँदैनन् । त्यस्तै शानदारलाई पनि उनी आफ्नो वकवास फिल्म भन्न रुचाउँछन् । पूर्ण रुपमा फ्लप भएको चलचित्र शानदारलाई शहिद भुल्न चाहन्छन्। केही समय अगाडीको आफ्नो अन्तर्वार्तामा शाहिदले यस चलचित्रलाई आफ्नो जीवनको सबै भन्दा खराब चलचित्रको उपमा दिउका थिए ।

 

प्रतिक्रिया दिनुहोस