नेपाल श्रीलंका जस्तो बन्दैन, बरु दश वर्ष पछि एशियाकै बलियो अर्थतन्त्र बन्छ :मन्त्री कार्की

साउन ६ हेटौँडा । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले नेपाल श्रीलंकाको बाटोमा कुनै पनि हालतमा नजाने दाबी गरेका छन् ।

अर्थतन्त्रको विभिन्न कोणबाट हेर्दा नेपाल श्रीलंकाको भन्दा भिन्न अवस्थामा रहेको मन्त्री कार्कीले बताए ।

आज हेटौँडामा शुक्रबारदेखि सुरु भएको कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले श्रीलका बन्छ नेपाल भनेर अफवाह फैलाईएको भन्दै यसलाई पत्रकारहरुले चिर्नु पर्ने बताए ।

बरु नेपाल अबको दश बर्ष भित्र एशियाकै बलियो अर्थतन्त्र सहितको मुलुक बन्ने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस