कराँचीको गाऊँहरुमा ड्रग्स खरिद गर्न पानीको बोतल किने जति नै सजिलो

इस्लामाबाद [पाकिस्तान], जुलाई १२ (एएनआई):यहाँ लागुऔषध किन्न पानीको बोतल किने जति नै सजिलो छ, पाकिस्तानको कराँचीको लान्डी टाउनको रेहरी गोथका एक माछा मार्ने माझीले बताए। पाकिस्तानको डन अखबारका अनुसार, शासक परिवार विरुद्ध विदेशी मुस्लिम सेनाको विजयपछि रेहरी गोथका बासिन्दाहरूले लागूपदार्थको दुरुपयोग गर्न थालेको किंवदन्ती छ।

कतिपयले भने सन् १९७० को दशकमा जनसंख्या वृद्धि र पूर्वाधारको विकासले सहर जाने पहुँच राम्रो भएपछि लागुऔषध कारोबारीहरूको आगमन भएको र त्यसपछि लागुऔषध खुलेयाम बिक्रि बितरण हुन थालेको बताँउछन् । अहिले उनीहरुले खुलेआम क्रिस्टल मेथ, हेरोइनजस्ता लागूऔषध बिक्री गरिरहेका छन् । महिला र नाबालिगहरू सडकको कुनामा सुई वा धुम्रपानको पदार्थले लडिरहेका दृश्यहरु उक्त क्षेत्रका लागि सामान्य भएको छ । उक्त क्षेत्रमा पछिल्ला केहि महिनामा मात्र ओभरडोज भएर १५० भन्दा बढि मान्छे मरेको लागुऔषध दुव्र्यसन बिरुद्ध काम गरिरहेका एक व्यक्तले बताए अभनी केहि पाकिस्तानी समाचार माध्यमहरुले नै उदृत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस