चाइनामा बैंकको विरोधले सरकारको ढिलो निरीक्षण प्रवृतिलाई हाइलाइट गर्दै

शाङ्घाई ः मध्य चीनमा भएको ठूलो विरोधले देशको बैंक घोटाला र ग्रामीण ऋणदाताहरूको लापरवाहीको एतिहासिक गल्ति देखिइरहेको छ, विश्लेषकहरू भन्छन्।
मध्य चीनमा भएको ठूलो विरोधले देशको बैंक घोटालाको इतिहास र ग्रामीण ऋणदाताहरूमा लापरवाहीको बारेमा प्रकाश पारेको छ।

जुलाई १० मा हेनान प्रान्तको झेङ्झाउमा रहेको पिपुल्स बैंक अफ चाइनाको भवन बाहिर केही ग्रामीण क्षेत्रका बैंकहरूले जम्मा गरेको निक्षेप फ्रिज गरिदिएको भन्दै त्यसको विरोधमा प्रदर्शनकारीहरूले नाराबाजी र प्रर्दशन गरेका थिए । स्थानीय ऋणदाताहरूले जम्मा गरेको निक्षेपहरूमा पहुँचको माग गर्दै नाराबाजी र प्रर्दशन गरेका थिए ।

हेनान प्रान्तको झेङ्झाउ शहरमा रहेको चीनको केन्द्रीय बैंकको शाखा बाहिर करिब १,००० बैंक निक्षेपकर्ताहरूको भीडले प्रदर्शन गर्दा प्रहरीसँग झडप नै परेको थियो । अप्रिलमा पहिलो पटक उठेको कैकिंग घोटाला राष्ट्रिय प्रकरणमा अब बिस्फोट भएको छ किनभने सामाजिक सञ्जाल भिडियोहरूले चीनका प्रधानमन्त्रीलाई उल्लेख गर्दै “ली केकियाङ, हाम्रो पैसा फिर्ता गर” भन्ने ट्रेन्ड असाध्यै चलेको छ । चीनको सरकारलाई बैंक शेयरधारकहरूसँग मिलेर काम गरेको आरोप लगाउँदै क्रोधित भीडहरू बिभिन्न हशरहरुमा देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस