शरीरमा आउने अनावश्यक रौंलाई कसरी हटाउने ? यस्तो छ सजिलो तरिका

काठमाडौँ । सामान्यतया महिलाको अनुहार र हातखुट्टामा पनि कम मात्रामा रौं पलाउने गर्छ। केटाहरूको दारी आउँछ केटीहरूको आउँदैन। तर कतिपय केटीहरूको पनि जुँगाको रेखी बस्ने गालामा रौं पलाउने जस्ता समस्याले उनीहरूलाई सताइरहेको हुन्छ। यसलाई कसरी रोक्ने ? तल उल्लेख गरिएको छ।

हर्सुटिज्म के हो ?हर्सुटिज्म महिलाहरूमा हुने एक यस्तो स्थिति हो, जसमा अनुहार छाती र पीठमा पुरुषहरुको जस्तै अत्यधिक मात्रामा रौंहरू पलाउने गर्छ। एन्ड्रोजन नामक पुरुष हर्मोन अत्यधिक बढेपछि यस्तो समस्या सिर्जना हुन्छ।

यसमा विशेष रूपले टेस्टोस्टेरोन हार्मोनले अहम् भूमिका खेल्ने गर्छ। यस्तो समस्या पुरुषमा समेत धेरै देखिन्छ। हर्सुटिज्मबाट छुटकारा पाउनको लागि प्रभावकारी उपचारको केही विकल्प पनि हुन्छ।

हर्सुटिज्मको लक्षण-हर्सुटिज्ममा महिलाहरूको शरीरको केही यस्तो हिस्सामा बाक्लो किसिमले रौं पलाएको हुन्छ, जहाँ आम रुपले कपाल पलाउने गर्दैन। अनुहार छाती, पेटको तल्लो भागमा यस्तो रौं आउने गर्छ।

एन्ड्रोजन नामक हर्मोनको स्तर बढ्ने र बिस्तारै अन्य लक्षण समेत विकसित हुँदा धेरैलाई झण्झट उत्पन्न भइरहेको हुन सक्छ। यस प्रक्रियालाई विरिलाइजेसन भन्ने गरिन्छ। विरिलाइजेसनको निम्न लक्षण हुन सक्छ :आवाजमा भारीपन आउनु, तालु खुइलिनु, स्तनको आकार कम हुनु, मांसपेशीमा वृद्धि हुनु, क्लाइटोरिस बढ्नु ।हर्सुटिज्मको कारण-हर्सुटिज्मको कैयौं कारणहरू हुने गर्छन्। जुन निम्नानुसार छन्।

पोलिसिस्टिक ओवरी सिन्ड्म (पीसीओएस)=यो स्थिति प्रायः यौवन अवस्थामा सुरु हुने गर्छ। यसमा महिलाहरूमा सेक्स हर्मोनको सन्तुलन बिग्रन जान्छ। केही वर्षमा पीसीओएसको कारणले शरीरमा बिस्तारैबिस्तारै धेरै कपाल उम्रिन थाल्छ। अनियमित मासिक धर्म, मोटोपना, बाँझोपन र कहिलेकाहीँ अण्डाशयमा अल्सर हुने समस्या समेत हुन सक्छ।

कुसिङ सिन्ड्रम-यो कारण त्यतिबेला हुन्छ, जतिबेला कुनै पनि व्यक्तिको शरीरमा कोर्टिसोलको स्तर धेरै हुने गर्छ। यो प्रेडनिसोन जस्तो औषधिको लामो समयसम्म सेवन गर्ने या एड्रेनल ग्रन्थीद्वारा अत्यधिक कोर्टिसोल बन्ने कारण हुन सक्छ।

प्रतिक्रिया दिनुहोस