अष्ट्रेलियामा नेपालीले सञ्चालन गरेको कलेजको सफलता : लोकल बिजनेस अवार्डमा ह्याट्रिक !

अष्ट्रेलिया । नेपालीले सञ्चालन गरेको अष्ट्रेलियाको एडभान्स कलेजले लगातार तीन पटक लोकल बिजनेस अवार्ड जितेर ह्याट्रिक गरेको छ ।सिड्नीको बरउडमा रहेको सो कलेजले सन् २०२०, ०२१ र २०२२ मा लगातार यो अवार्ड जितेको हो । एडभान्स कलेजले एजकेयर र डिजाबिलिटीसम्बन्धी शिक्षा दिदैआएको छ ।

जुलाई १९ तारेखमा क्षेत्रगत विजेताहरुको घोषणा गरिएको थियो । शिक्षा सेवामा ६० वटा संस्था सहभागी भएकोमा एडभान्ससहित जसमध्ये ६ वटा फाइनलमा पुगेका थिए ।सिड्नीको इनर वेस्ट क्षेत्रमा अवस्थित शिक्षा प्रदायकहरू मध्ये, एडभान्स कलेज स्वतन्त्र न्यायिक प्यानलद्वारा उत्कृष्ट शिक्षा सेवा प्रदान गर्ने संस्थाको रुपमा छनौँट भएर इतिहास रच्न सफल भएको छ ।

अवार्ड ग्रहण गर्दै एडभान्स कलेजकी प्रमुख कार्यकारी अधिकृत पुष्पा अर्याल घिमिरेले कलेजलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने विद्यार्थी, कर्मचारी, सरोकारवाला तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता जनाउनुभएकी अर्यालले पछिल्लो तीन वर्षको कठिन समयमा पनि मिहिनेत टिमवर्कको उपलब्धिका रुपमा पुरस्कारलाई लिइएको बताउनुभयो ।

एडभान्स कलेजले स्थापनाको ९ वर्ष भन्दा बढी समय सफलतापूर्वक पुरा गरेको छ । कलेजले अष्ट्रेलियाभरि वृद्ध र सारिरिक अशक्तता भएका व्यक्तिहरूलाई सेवा दिन गुणस्तरीय जनशक्ति उत्पादन गरेर शिक्षासँगै सामाजिक सेवामा योगदान दिएको छ ।

घरेलु विद्यार्थीहरूलाई एजकेयर र डिजाबिलिटी सम्बन्धी पाठ्यक्रमसहितको शिक्षा दिदै आएको कलेजले यहि शैक्षिक सत्रदेखी व्यापार, सामुदायिक सेवाहरू र नेतृत्व व्यवस्थापन लगायतको शैक्षिक विकास गर्न लागेको छ ।

एडभान्स कलेजबाट स्नातकसम्मको शिक्षा लिएका अधिकांश विद्यार्थीहरु उद्योगमा जागिरे छन भने धेरै निर्देशक, प्रबन्धकलगायत विभिन्न भूमिकामा छन् ।

कलेजले ज्ञान, सिपलाई रोजगारी र उद्योगिक आवश्यकतासँग जोड्ने गरेकाले समेत सबैमाझ लोकप्रिय छ । कलेज सिड्नीको बरउडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस