नेपाल प्रहरीलाई ठूलो सफलता : १ बर्षकी बालिका अपहरण परेको ४८ घण्टापछि भारतबाट सकुशल उद्दार

विराटनगर । नेपाल प्रहरीले ठूलो सफलता हात पारेको छ । विराटनगरबाट अपहरणमा परेकी एक वर्षकी बालिकाको प्रहरीले बुधबार विहान सकुशल उद्दार गरेको हो ।

भारतको दरभंगा पु¥याइएकी बालिकालाई खोज्न प्रहरीले उनलाई लैजाने महिला अनु साहको मोवाइलको लोकेसनमार्फत पछ्याएर सफलता हात पारेको हो ।

अपहरित बालिकालाई आमाको काखमा सकुशल हालिदिन प्रहरी सफल भयो ।
विराटनगर महानगरपालिका–५ कि २७ वर्षकी अनु साहको मोरङको बुढीगंगा गाउँपालिका–१ का दिपेन यादवसँग दुई महिनाअघि चिनजान भएको थियो । चिनजान भएको छोटो समयमा नै उनीहरुले नियमित कुराकानी गर्न थाले ।

कुराकानीका क्रममा दिपेनले अनुलाई आफ्नी श्रीमती पढाइको सिलसिलामा काठमाडौंमा रहेको र एक वर्षकी छोरी आफूसँग रहेको जानकारी गराएका थिए । अनुले दिपेनकी छोरी निकिशासँग भेट्ने चाहना गरिन् । उनीहरुबीच २ साउनमा भेट्ने सहमति भयो ।

दिपेन छोरी लिएर कारमा विराटनगरको रोडशेष चोकमा आए । त्यहाँबाट अनु कारमा चढिन् । दिपेनकी छोरीलाई बोकिन्, नयाँ लुगा लगाइदिइन् ।

उनीहरु चिया खान महेन्द्र मोरङ क्याम्पस जाने बाटोमा रोकिए । गाडीबाट ओर्लिँदा पनि अनुले दिपेनकी छोरी आफैंले बोकिरहिन् । चिया अर्डरपछि अनुले फोन गर्नुछ भन्दै दिपेनको फोन मागिन् ।

प्रहरीका अनुसार अनु र रवीन्द्रले पूर्व योजना अनुसार नाबालिकालाई दुहबी, इनरुवा र सप्तरी हुँदै भारतको कुनौली नाकाबाट गाडी रिजर्ब गरेर दरभंगा पठाएका थिए ।

दरभंगामा अनुसँग चिनजान भएका विकास साहको घर छ । साहकै घरबाट प्रहरीले बालिकालाई उद्दार गर्दै अनुलाई पक्राउ गरेको हो ।

काखमा निकिशालाई बोकेकी उनी फोन लिएर पसलबाट बाहिर निस्किइन् । बाहिर प्रदेश ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकलमा विराटनगर– ६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह पर्खिरहेका थिए । फोनमा बोलेजस्तो गर्दै अनु मोटरसाइकलमा चढेर भागिन् ।

सोमबार विहान साढे ९ बजेको घटनापछि दिपेन छोरी लिएर अनु आउने आशमा बसे । नआएपछि उनले सोेमबार बिहान ११ बजे प्रहरीलाई खबर गरे । खबर पाएपछि खोजी सुरु गरेको प्रहरीले बुधबार बिहान भारतको दरभंगाबाट बालिकको उद्दार गरेको हो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर– ६ रामपुर चोक बस्ने वर्ष २७ को रवीन्द्रकुमार साह र विराटनगर– ५ कारखाना टोल बस्ने अनुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस