काठमाडौंमा अमूल्य बिर्य दान गरेर निःसन्तानलाई सन्तान उपहार दिने युवाको कति हुन्छ आम्दानी ?

काठमाडौं । नेपालमापनि टेस्टट्युब बेबीको प्रयोग बढेको छ । निःसन्तानलाई वरदान सावित टेस्टट्युब बेबीका लागि बिर्य चाहिन्छ ।

महिलाको पाठेघर सबै ठीक छ। तर, पुरुषको शुक्रकीटमा समस्या छ भने त्यस्तो समस्यामा आईयूआई विधि अपनाइन्छ।

यो विधि भनेको पाठेघरमा सोझै पुरुषको शुक्रकीट राख्ने विधि हो। यो विधिबाट पनि बच्चा नभएकालाई आईभीएफ विधिमा लगिने गरिन्छ ।

आईयूआई भनेको चै योग्य पुरुषबाट कुनै उपयुक्त भाँडोमा शुक्रकीट जम्मा गरिन्छ । उक्त शुक्रकीटलाई नलीको माध्यमबाट महिलाको पाठेघरको भित्तामा पुर्याएर छोडिन्छ ।

तर महिलाको पाठेघरको ट्युबमा समस्या छ, गर्भ निषेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन सक्ने अवस्था छैन र पुरुषकोपनि बिर्य कमजोर छ भने आईभीएफ विधि प्रयोग गरिन्छ ।

तस्वीर :- creator’s ivf nepal को वेबसाईटबाट

आईयूआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइँदैन।

कतिपय जोडीले आईयूआई र आईभीएफ विधिबाट सन्तान पाएका धेरै उदाहरण छन् । उनीहरुका लागि बिर्य दाता चाहिन्छ ।

उक्त बिर्यको चाँजोपाँजो आईयूआई र आईभीएफ विधिको सेवा दिइरहेका निकायले नै मिलाउँछन् । उनीहरुले बिर्य दातालाई खोजेर बिर्य संकलन गरेर उपयुक्त वातावरणमा सञ्चय गरेर राखेका हुन्छन् ।

नेपालमा धेरै आईयूआई र आईभीएफ विधिको सेवा दिने स्वास्थ्य संस्था छन् । सातदोबाट स्थित क्रियटर्स नेपाल नामक आईभीएफ केन्द्रले योग्य युवकको बिर्य दान लिने गरेको छ ।

यसरी बिर्य दान लिँदा क्रियटर्स नेपाल आईभीएफ केन्द्रले एक पटकको एक हजार रुपैयाँ रकम दिने गर्दछ । हरेक तीन दिनमा एक पटक सोही व्यक्तिको बिर्य संकलन गर्ने गरेको त्यहाँ ल्यावमा कार्यरत एक अधिकारीले बताए ।

यसरी एकछिन आएर एउटा युवकले एक महिनामा नै १० देखि १२ हजार सम्म लग्ने गरेको उनले बताए ।

काठमाडौंको नारायणचौरस्थित फर्टिलिटी सेन्टरलेपनि यसरी नै बिर्य संकलन गर्ने गरेको छ । यहाँबाट योग्य युवकले आर्थिक लाभ लिएको र सन्तानको अभावमा जीवन नै अध्यारो भएको जोडीले सन्तान पाएको एक अधिकारीले बताए ।

यहाँको दरपनि एक पटकको एक हजार नै छ । तर बिर्य दानका लागि दाताको निश्चित उमेर समूह र कुनैपनि रोग नभएको हुनुपर्छ । बिर्य दान लिनुभन्दा पहिले सबै स्वास्थ्य परीक्षण गरिन्छ ।

स्वास्थ्य परीक्षणमा कुनै समस्या नभएमा उक्त युवालाई बिर्य दानका लागि योग्य ठहराईन्छ । उमेर समूहपनि निश्चित मात्र हुन्छ । कानून अनुसार वैवाहिक उमेर पुगेको (अहिले २० बर्ष) र ३० बर्ष ननाघेकोलाई मात्र बिर्य दाताको रुपमा स्वीकार गरिन्छ । ३० बर्ष नाघेपछि पुरुषकोपनि बिर्यको शक्ति कम हुने भएकाले यस्तो उमेर चयन गरिएको स्वास्थ्यकर्मीले बताए ।

प्रतिक्रिया दिनुहोस