श्रीमानको एक गल्तीको कारण भर्खरै बिहे गरेर हनिमुन मनाउन गएको बेला श्रीमतीको भयो दुखद निधन

विवाहपछि एक जोडी हनिमुन मनाउन अस्ट्रेलिया गए । दुवै जना गल्फ बग्गीमा सवार भएर टापुमा यात्रा गरिरहेका थिए । श्रीमानले यूटर्न लिने क्रममा अचा नक गाडी पल्टिएपछि श्रीमतीको त्यही मृत्यु भएको हो ।

२९ वर्षीया मरिना मोर्गन आफ्ना पति रोबी सँग एक ‘ड्रिम होलिडे’ मनाउन गइन् । यसै क्रममा उनको बग्गी पल्टियो । रोबी आफैं चलाउँदै थिए, तर उनलाई केही भएन। जबकि यस घटनामा उनकी श्रीमतीको मृत्यु भएको थियो ।

घटना अस्ट्रेलि याको हो । घटना क्वीन्सल्याण्डको ह्यामिल्टन आइल्याण्डको ह्वाइटसन्डे बुले भार्डमा भएको हो । एक डाक्टर, अफ ड्युटी डेन्टिस्ट र अफ ड्युटी फायर फाइटरले मरिनालाई बचाउन सक्दो प्रयास गरे। उनीहरूले महिलालाई ३५ मिनेटसम्म सीपीआर दिए तर उनलाई बचाउन सकिएन ।

सिड्नीमा बस्ने यो जोडीको १० दिन अघि विवाह भएको थियो । प्रहरी निरीक्षक एन्थोनी कोवानले यो निकै दु:खद दुर्घ टना भएको बताए । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले मादक पदार्थ सेवन गरेर खतरनाक सवारी साधन चलाएको कुनै प्रमाण नभेटिएको बताए ।

प्रहरी निरीक्षकले थप भने–यसरी सवारी साधन चलाउने अनुभव नहुँदा यस्तो घटना भएको हो । यूटर्न लिनको लागि धेरै हतारमा गाडी मोडियो र पल्टियो। इन्स्पेक्टर एन्थोनीका अनुसार घ टनाका बेला महिलाले सिट बेल्ट लगाएकी थिइनन् । उनले रोबीले युटर्न लिएको र गाडीको ब्याट्री सकिएको र चार्जिङ प्वाइन्टमा फर्किनुपर्ने भएकाले त्यसो गरेको पनि बताए ।

म्याके जिल्लाका लागि क्वीन्सल्याण्ड एम्बुलेन्स सेवाका कार्यवाहक निर्देशक, ग्रीम म्याकइन्टायरले भने कि प्यारामेडिक्स केही मिनेटमा त्यहाँ पुगेका थिए। महिलाको हृदयघात भएको थियो । उनलाई ३५ मिनेटको लागि सीपीआर दिइएको थियो तर उनीहरू असफल भए । ह्यामिल्टन आइल्याण्डले एक विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ र मृत क महिला र उनका साथीहरूप्रति समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस