यी हुन् चार बर्षमा ७ महिलासँग बिहे गर्ने पुरुष, यस्तो ट्रिक लगाएकी कसैलाई थाहै भएन

काठमाडौं । एक व्यक्तिले विवाह गरेर महिलाहरुलाई ठगेका छन् । भारत, आन्ध्र प्रदेशको साइबराबाद प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।उनले चार वर्षमा सात महिलासँग विवाह गरेको आरोप छ । आरोपीको नाम अडपा शिवशंकर बाबु हो ।अभियुक्तले सम्बन्धविच्छेद गरेका धनाढ्य महिलालाई निशाना बनाउँथे । उनले वैवाहिक साइटको सहयोगमा उक्त काम गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

इण्डिया टुडेको अब्दुल बशीरको रिपोर्टका अनुसार आरोपी शिव शंकर आन्ध्र प्रदेशको गुंटुर जिल्ला निवासी हुन् । उनको उमेर ३५ वर्ष छ । प्रहरी अनुसन्धानका अनुसार अभियुक्तको एउटा निश्चित तरिका थियो ।

उनले सम्बन्धविच्छेद गरेका महिलालाई लक्षित गर्थे । उनले नक्कली सम्बन्धविच्छेदका कागजपत्र तयार गरेर नयाँ जीवन दिने आश्वासन दिने गरेको खुल्यो ।यो कुरा गत हप्ता बाहिर आएको थियो, जब एक पीडित महिलाले रामचन्द्रपुरम प्रहरी चौकीमा उजुरी दिएकी थिइन् ।

ती महिलाका अनुसार शिवशंकर बाबुले आफूसँग रु ४० लाख नगद र ११ लाख भन्दा धेरैको सुन लिएको तर फिर्ता नगरेको आरोप लगाएकी छन् । उनका अनुसार बाबुले २०२१ मा विवाह साइट मार्फत सम्पर्क गरेका थिए ।

कुराकानीमा बाबुले आफ्ना आमाबुवाको मृत्यु भइसकेको कुरा बताएका थिए । उनले आफू एक प्रतिष्ठित फर्ममा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्ने गरेको पनि बताए । मासिक तीन लाख २० हजार रुपैयाँ तलब थियो । उनले सम्बन्धविच्छेद भएको र ‘योग्य जीवनसाथी’ खोजिरहेको बताउँथे ।

पीडित महिलाका बाबुआमाले शिवशंकरसँग उनको विवाह गराए । आरोपितले पीडितका आमाबुवालाई आफूले अमेरिका लैजाने बताए, त्यस बहानामा आमाबाबुबाट करिब ४० लाख रुपैयाँ लिए ।त्यसपछि अमेरिका जाने मनसाय नभएको संकेत देखिएपछि पीडितका अभिभावकले पैसा फिर्ता गर्न भने । त्यसपछि आरोपीले पीडित महिला र उनका आमाबुवालाई बेवास्ता गर्न थाले ।

अलिक समयपछि बाबुले उनीहरुको फोन उठाउन छोडे । अन्ततः पीडित र उनको परिवारले रामचन्द्रपुरम प्रहरीमा सम्पर्क गर्यो । प्रहरीले बाबुलाई सोधपुछका लागि प्रहरी चौकी बोलाएपछि उनी एक महिलासँग पुगेका थिए, जसलाई उनी आफ्नो श्रीमतीको भएको दाबी गरिरहेका थिए । उनको छेउमा उभिएर महिलाले बाबुले पैसा फिर्ता गर्ने बताइन् ।

त्यसपछि पीडित महिला गुपचुप रुपमा आरोपीलाई लिएर प्रहरी चौकी आएकी महिलालाई भेट्न गइन् । खोज्दै जाँदा ती महिला पनि सोही बस्तीमा बस्ने अर्की एक महिला रहेको थाहा भयो, जसको अभियुक्त शिवशंकरसँग विवाह भएको थियो । बाबुले एकलाई बिहानको सिफ्ट, अर्कोलाई नाइट सिफ्ट काम गर्छु भन्थे ।

साइबराबाद प्रहरीका अनुसार आरोपीलाई पक्राउ गरिएको छ । हैदरावाद, राचकोन्डा, सङ्गारेड्डी, गुन्टूर, विजयवाडा र अनन्तपुरमा आरोपीविरुद्ध मुद्दा दर्ता गरिएको थियो । आरोपितले सात महिलासँग यस्तो खेल गरेको अनुसन्धानबाट खुलेको छ ।

पीडितको उजुरीको आधारमा आरोपीविरुद्ध आईपीसीको धारा–४२० अन्तर्गत ठगीको मुद्दा दर्ता गरिएको छ । तर, आरोपितले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । आफूले कसैसँग पैसा नलिएको उनको भनाइ छ । पीडितमध्ये दुई जनाले पत्रकार सम्मेलन गरी आफ्नो व्यथा सञ्चारमाध्यमलाई सुनाएका थए ।

प्रतिक्रिया दिनुहोस