केराको फुल(बुङ्गा) खानुका फाइदा जानिराखौ

केरा स्वास्थ्यका लागि अति नै फाइदाजनक छ। यसका साथै केराको फुल अर्थात् (बुङ्गा) लाई पनि स्वास्थ्यका दृष्टिकोणले लाभदायी मान्ने गरिन्छ।केराको बुङ्गाको महत्वको बारेमा धेरै वैज्ञानिक अनुसन्धानहरु भएका छन् ।

यी अनुसन्धानबाट देख्नमा आकर्षक मात्रै नभएर स्वास्थ्यको लागि समेत केराको बुङ्गा लाभदायक हुने कुरा प्रमाणित भइसकेको छ । केराको बुङ्गालाई केराको बोटको मुटुको मान्ने गरिन्छ । यसलाई हामी उपयोगी खाद्य पदार्थको रुपमा पनि प्रयोग गर्न सक्छौं ।एक अध्ययनका अनुसार १०० ग्राम केराको फूलमा पाईने पोषक तत्व र खनिज पदार्थ यस प्रकारको छ ।

क्यालोरी – ५१ ग्राम,प्रोटिन – १.६ ग्राम,चिल्लो – ०.६ ग्राम,कार्बाेहाईड्रेड – ९.९ ग्राम,क्याल्सियम – ५६ मिलिग्राम,फस्फोरस – ७३.३ मिलिग्राम,आइरन – ५६.३ ग्राम,कपर – १३ मिलिग्राम,पोछासियम – ५५३.३ मिलिग्राम,म्याग्नेसियम – ४८.७ मिलिग्राम,भिटामिन ई – १.०७ मिलिग्राम

केराको फुल अर्थात् बुङ्गाको फाइदा के के छन् हेरौ :-एनिमिया अर्थात् रगतको कमि भएको समयमा केराको फुलको प्रयोग गरिन्छ। यसको सेवनले शरीरमा आइरनको कमि हुदैन र रगतको कमि पनि पूर्ति गर्छ।-क्यान्सरबाट बच्नका लागि पनि केराको फुलको प्रयोग गरिन्छ। यसमा भएको एन्टी अक्सिडेन्टले क्यान्सर हुनबाट बचाउछ।

-केराको फूलमा म्याग्नेसियम, एन्टीअक्सिडेन्ट,एंटी डिप्रेसेंट तत्व पाइन्छ जसले मानसिक तनाव कम गर्न मदत पुर्याउछ।-पेट दुखाई, अपच, कब्जियत जस्ता समस्याका लागि पनि केराको बुङ्गा लाभदायक छ।-मधुमेहको समस्या भएकाका लागि पनि केराको फुल फाइदाजनक छ।

– बच्चालाई जन्म दिएपछि अधिकांश महिलाहरुमा दूध उत्पादन कम हुने गर्दछ । जसबाट बच्चाहरुलाई पर्याप्त पोषण मिल्दैन । जस कारण उनीहरु कुपोषणको शिकार हुने गर्छन् । जुन महिलामा दूध उत्पादनको क्षमता कम हुन्छ । उनीहरु आफ्नो आहारमा केराको बुङ्गा सामेल गर्न चाहन्छन् । केराको बुङ्गाको सेवनले अत्यधिक रक्तश्राव रोक्न पनि सहयोगी हुने गर्दछ । जसले गर्दा गर्भाशयलाई स्वस्थ राख्न मद्दत गर्छ । गर्भावस्थाको समयमा केराको बुङ्गा सेवन गर्दा महिलाहरुमा कब्जियतको समस्या पनि समाधान हुन्छ । त्यसकारण गर्भवती र स्तनपान गर्ने महिलाहरु आफ्नो आहारामा नयाँ र कोमल केराको बुङ्गा सामेल गराउने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस