५० लाख रुपैयाँ पाउँदा पनि बाबुको भूमिकामा अभिनय गर्न मानेनन् राजेश हमालले, तर एकै बोलीमा स्विकारे विपिनले

महानायक राजेश हमाल उमेरले ५८ वर्षमा दौडिरहेका छन् । तर पनि अहिले आएर यो उमेरमा आएर बाबुको भूमिकामा देखिन अस्किार गरेका छन् ।५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि राजेशले फिल्म ‘छड्के २’मा बाबुको भूमिकामा अभिनय गर्न अस्विकार गरेका हुन् ।

राजेश अस्किार गरेको उक्त भूमिकामा पनि लोकप्रिय अभिनेता विपिन कार्कीले भने बिनासर्त अभिनय गर्न तयार भएका छन् । विपिन अहिले ३९ वर्षीय वर्षका भए ।रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल गर्न तयार भएको निर्माण यूनिटले जनाउको छ ।

बाबुको भूमिकामा अभिनय गर्न तयार भएका ३९ वर्षिय अभिनेताले यो आफ्नो करियरकै सबैभन्दा चुनौतीले भरिएको क्षण भएको उल्लेख गरेका छन् ।फूलबारीमा मुख्य भूमिकामा दयाहाङ राई र विपिन कार्की मात्र फाइनल भएको र अन्य कलाकारहरुको खोजी भइरहेको निर्देशक गुरुगंले जानकारी दिए ।

सन्तान र अभिभावकबीचको सम्बन्धको कथा पेश गर्ने फिल्ममा विपिनले अवकाशप्राप्त स्कुलका प्रिन्सिपलको भूमिका गर्न लागेका हुन् । विपिनले यो चरित्रमा देखिन आफू मनोवैज्ञानिक रुपमै तयार भइसकेको प्रतिक्रिया दिएका छन् ।उता महानायक हमालले भने बाबुको भूमिका निर्वाह गर्न ‘छड्के २’ मात्र नभएर यसअघिका केही फिल्मबाट आएको अफरलाई पनि अस्किार गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस