११ महिनाअघि श्रीमानको मृत्यु, आज देवरले हत्या गर्दिए [ तीन सन्तान टुहुरा बने ]

काठमाडौं । एक देवरले भाउजुको हत्या गरेका छन् । राजधानी दिल्लीसँगै जोडिएको गाजियाबादबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको हो ।

त्यहाँ एक युवकले आफ्नै भाउजुलाई हथौडा हानेर हत्या गरेका छन् । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले परिवारसँग सोधपुछ गरिरहेको छ ।

जानकारी अनुसार लोनी सीमा प्रहरी चौकी क्षेत्रको तिलक राम कोलोनीमा आइतबार राति २३ वर्षीया भाउजु ट्विङ्कलको घरभित्रै हथौडा हानेर हत्या गरिएको हो ।

ट्विङ्कलका श्रीमान गौरवको करिब ११ महिनाअघि मुरादनगरमा सडक दुर्घटनामा मृत्यु भएको थियो ।

ट्विङ्कल आफ्ना तीन छोराछोरीसँग बस्दै आएकी थिइन् । गौरव र ट्विङ्कलले सेप्टेम्बर २०१७ मा विवाह गरेका थिए । आइतबार राति भएको घटनाबारे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका हुन् । घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

सोधपुछका क्रममा अभियुक्तले आफ्नी भाउजुलाई फोनमा अरु कसैसँग कुरा गर्छिन् भन्ने शंका गर्ने गरेको खुलासा भएको छ । हत्यापछि अभियुक्त फरार छन् । प्रहरीले आरोपित देवर अभिषेकको खोजी गरिरहेको छ

प्रतिक्रिया दिनुहोस