सात किसिमको मोटोपनः कुन बढी खतरनाक ? कुन साधारण ?

काठमाडौँ । जसरी हरेक व्यक्तिको शारीरिक बनौट फरक हुन्छ, उसैगरी मोटोपन पनि एकनास हुँदैन। जुनसुकै कारण होस्, मोटोपनलाई त्यती राम्रो मानिदैन। यसले शरीर भद्दा देखाउने मात्र नभई अनेक रोगको जोखिम पनि बढाइदिन्छ।यद्यपि मोटोपन के कारण बढेको हो ? वा कस्तो किसिमको मोटोपन हो ? त्यसबारे पनि जान्न जरुरी छ।

खराब बोसो-बोसो तीन प्रकारको हुन्छ, सेचुरेटेड, पोलीसेचुरेटेड र मोनो अनसेचुरेटेड। अनसेचुरेटेड फ्याट शरीरको लागि राम्रो हुन्छ। यसलाई ‘गुड फ्याट’ भनिन्छ।जबकी सेचुरेटेड फ्याट स्वास्थ्यका लागि राम्रो मानिदैन। त्यती मात्र होइन, मोटोपन, टाइप २ डाइबिटिज, मुटुरोग, उच्च रक्तचाप, क्यान्सर गराउन पनि यही नै कारक हुनसक्छ।

सेतो बोसो-रिसर्च अनुसार सेतो बोसो पेट, हिप्स र जाँघमा जम्मा हुन्छ । सेतो बोसो अर्थात गुड फ्याट शरीरका लागि हानिकारक हुँदैन। रिसर्चले के देखाएको छ भने यसले कुनैपनि रोगको खतरा कम गर्छ।यद्यपि यसको पनि मात्रा धेरै भएमा हानिकारक हुनसक्छ । स्वस्थ शरीरकालागि गुड फ्याटको स्तर फिटनेस र शारीरिक गतिविधिमा निर्भर गर्छ।

खैरो बोसो-खैरो बोसो स्नायु प्रणाली, मेरुदण्ड, गला र मिर्गौलाको आसपास हुन्छ। यो वयस्कको तुलनामा बालबच्चामा बढी हुन्छ । यसले नै शरीरलाई न्यानो बनाइराख्छ। किनभने यसले शरीरलाई न्यानो बनाइराख्नका लागि फ्याट्टी एसिड बर्न गरिराख्छ।

 

प्रतिक्रिया दिनुहोस