एक वर्षअघि मात्र विवाह गरेका कृष्ण-अञ्जलीको शब घरभित्रै भेटियो : छतमा सुतेका थिए दाजुभाउजू

बाँकेको कोहलपुरमा घरभित्रै एक दम्पती मृत अबस्थामा भेटिएका छन । मृत भेटिएका दम्पतीको ह त्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षीया अञ्जली गडरिया मृत भेटिएका हुन् । प्रहरीका अनुसार एक तले उक्त घरमा ७ जनाको परिवार बस्थ्यो । कृष्ण-अञ्जली, उनका दाजुभाउजू र भदैनी तथा बुबाआमा बस्ने गरेको छिमेकीले बताएका छन ।

गएराति दाजुभाउजू छतमा सुतेका थिए । गर्मीका कारण आफूहरू छतमा सुतेको उनीहरूले बताएका छन् । प्रारम्भिक सोधपुछमा क्रममा मृतकका दाजुले आफू राति ११ बजे घर आएको र माथि सुतेको बताएका छन् । प्रहरीका अनुसार अञ्जलीको शव कोठाभित्र र पति कृष्णको शव कोठाबाट निस्कनेवित्तिकै प्यासेजमा थियो ।

कृष्ण-अञ्जलीबीच एक वर्षअघि मात्र विवाह भएको थियो । उनी नजिकैको स्टिल फ्याक्ट्रीमा काम गर्छन् । अञ्जली गृहिणी हुन् । दुईजनाबीच सामान्य विवाद हुने गरेपनि सम्बन्ध राम्रै रहेको प्रहरीको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस