प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युवक पक्राउ

काठमाडौं । प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बदमास केटा नामक युट्युब च्यानलका सञ्चालक नवपरासी हुप्सेकोट ३ का २६ वर्षीय प्रदीप भन्ने पूर्ण चन्द्र भुसाललाई कावासोती नवलपरासीबाट पक्राउ गरिएको हो ।बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडिओ बनाएका थिए ।एसिड जस्तो अति संवेदनशील घातक पदार्थ प्रयोग गर्छु भनेर समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडिओ बनाएको प्रहरीको भनाई छ ।भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनका म्याद थप गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस