स्यावास बालेन ! नेतृत्वले चाहे जादुकाे छडी रहेछ परिवर्तन, त्याे निस्सासिदो काठमाडौं यति शान्त

काठमाडौं । याे कामका लागि जाे-काेहीले भन्नू पर्छ स्यावास बालेन ! -::

नेतृत्वले चाहे जादुकाे छडी नै रहेछ परिवर्तन भन्ने, काठमाडौंबाट देखिन थालेकाे छ ।

काठमाडौं महानगरपालिकाकाे प्रमुखमा निर्वाचित भएपछि मेयर बालेन (बालेन्द्र) साहले चमत्कारिक परिवर्तन सुरुवात गरेका छन् ।

नागरिक हिँड्न र सवारी गुडाउन बनाईएका सडक पेटी र सडकहरुलाई शान्ति र सफा बनाउन थालिएकाे छ ।

याे काठमाडौंकाे मुटु नयाँ बानेश्वर चाेककाे संसद भवनकाे तीन नम्बर अगाडि साँझ ७ बजेकाे तस्वीर हाे । अरुबेला यहाँ मानिस हिड्न वा सवारी गुड्न मुस्किल मात्र हैन, सासै फेर्न निस्सासिदाे ठेलाकाे घुईचाे हुन्थ्यो ।

कतै म:म, ससेज, सेकुवा त कतै पानीपुरी, चटपटे र अन्य खाजा बाटाे मै बनिरहेका हुन्थे । बाटाेमै मज्जाले टुल राखेर ग्राहकलाई बसाईन्थ्याे ।

फलफूल, तरकारी बेच्ने ठेलाले कतिबेला कुल्चिएर मार्छन् भन्ने त्रास थियाे ।

तर अब याे समस्याबाट काठमाडौंले मुक्ति पाएकाे छ । साँझ ५ बजेपछि जागिर खाने समय सकियाे जसरी घर भाग्ने महानगरपालिकाका प्रहरीहरु राति ८ बजेसम्म सडकमा तैनाथ छन् ।

उनीहरुलाई देखेपछि सडकमा आतंक नै मच्चाउने सडक व्यापारीहरुकाे भागाभाग चलेकाे छ । नगर प्रहरी त पहिलेपनि थियाे । तर खै यति गर्न सकेकाे थिएन ।

यसैले स्यावास बालेन ! -:: यसैगरी एक-एक गर्दै काठमाडौंमा चमत्कारीक परिवर्तन गर्नु । महानगरवासीकाे साथ हुनेछ ! जयजयकार हुनेछ !!

प्रतिक्रिया दिनुहोस