सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) लाई अहिलेको स्थिति अन्यायपूर्ण रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले सोमबार सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।

सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको स्थितिमा उनीहरुले संघीय निजामती सेवा ऐनमा कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि बिहान प्रदर्शन गरेका हुन् ।

संघीय निजामती सेवा ऐनको मस्यौदा तयारी गरेको करिब अढाई वर्षदेखि नायब सुब्बाहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् ।

‘न्याय सुब्बा बचाउ अभियान’ भन्दै अरु सरकारी निकायका सम्पूर्ण नासुहरुले आन्दोलनमा सहभागी भएका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस