पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानले राष्ट्रिय सम्पत्ति बिक्रीको विरोध गरेका छन्

इस्लामावाद: संघीय मन्त्रिपरिषद्ले देशले सामना गरिरहेको आर्थिक संकटबाट पार पाउनको लागि राष्ट्रिय सम्पत्ति बेच्न सम्बन्धी अध्यादेशलाई अनुमोदन गरेको एक दिन पछि, पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले कानूनको विरोध गर्दै चोर लाई सम्पत्ति बेच्न दिनु हुँदैन भनी बताएका हुन् ।

आफ्नो ट्विटर खातामा, पूर्व प्रधानमन्त्रीले अमेरिकी षड्यन्त्रबाट सत्तामा ल्याएको आयातित सरकार पूर्णत अपराध मन्त्रीको नेतृत्वमा रहेको र जरदारीको भ्रष्टाचारमा धेरै मात्रामा भूमिका देखिएको अवस्थामा कसरी राष्ट्रिय सम्पत्ति बेचेर भरोसा गर्न सकिन्छ र त्यो पनि सबै प्रक्रियागत र कानूनी जाँचहरू बाइपास गरेर सम्पति बेच्ने कदमको भरोसा गर्न नसकिने भनेका हुन् ।

प्रतिक्रिया दिनुहोस