पाकिस्तानको बलुचिस्तान प्रान्तमा बाढीले ठूलो क्षति

बलुचिस्तान [पाकिस्तान], अगस्ट १ (एएनआई): बलुचिस्तानमा हालको बाढीमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि, पाकिस्तानी मिडियाले प्रान्तका वर्षा प्रभावित क्षेत्रहरूमा राहत पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् । पाकिस्तानमा पानी परेका ठाँउहरुमा सरकारको ध्यानाकर्षण कम भइरहेको छ र बाढीले ग्रस्त ग्रामीण इलाकामा मिडिया कभरेज समेत कम भइरहेको छ।

गत हप्ता एक पत्रकार सम्मेलनमा बोल्दै बलुचिस्तानका मुख्य सचिव अब्दुल अजिज उकाइलीले “हजारौं मानिस घाइते भएका छन् र करिब ५०,००० मानिस प्रभावित भएका छन्। साथै, करिब २००,००० एकड जमिन पनि प्रभावित भएको छ।” भनी बताएका थिए । अहिले आएर प्रभावितको सख्याँ झनै बढेको छ ।
यसबाहेक असार १ यता आएको बाढीका कारण ६ हजारभन्दा बढी घरमा क्षति पुगेको र तीन हजार घर पूर्णरुपमा ध्वस्त भएको प्रदेश प्रकोप कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस