काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालको अपमान गरेको छ । नेपालीहरुले असल छिमेकी भने पनि नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेका राजदूत विष्णुपुकार श्रेष्ठलाई चीनले अपमानजनक व्यवहार देखाएको हो ।
सामान्यतया नयाँ राजदूत नियुक्त भएर आएपछि राष्ट्राध्यक्ष अर्थात राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने गरिन्छ । उपराष्ट्रपतिले समेत ओहदाको प्रमाणपत्र बुझ्न मिल्दैन । यसअघि एकैपटक ९ देशका राजदूत नियुक्त गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङले ओहदाको प्रमाणपत्र बुझेका थिए ।
तर चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई चिनियाँ राष्ट्रपतिले समय नै दिएनन् । श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपरेको छ ।एउटा सहसचिवलाई ओहदाको प्रमाणपत्र बुझाउँदा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरुले अपमानित महसुस गरेका थिए ।