म धरहराबाट खसेर बाँचेकी हुँ, अब मैले यहीँ जागिर पाउनुपर्छ- रमिला श्रेष्ठ

२०७२ सालको एउटा घटना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घटनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुकम्प । हजारौ नेपालीहरुले त्यो बेला ज्यान गुमाएका थिए भने लाखौ नेपालीहरुको बिच्लली भएको थियो ।

अहिले त्यो दिन सम्झदा पनि आङ नै जिरिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्किएको थियो । सायद त्यो घटना नेपाल र नेपालीको लागि सधै भरी सम्झने कालो दिन हो ।

कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन् मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ । उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ ।

तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् ।

बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । यो खबर हामीले आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौ । म भूकम्प गएको सपना देखिरहन्छु तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन् । त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।

भूकम्पको सपना उनी प्राय बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ तर देखिरहन्छु उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ उनलाई । खुट्टा चलाउन खोजिन् तर सकिनन् ।

खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन । ला यस्तो भयो, अब ममी ड्याडीले मार्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् । एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो ।

भाग्यले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । नयाँ पत्रिका दैनिकमा छ । २०७२ सालको एउटा घटना कहिल्यै पनि बिर्सिन सकिन्न त्यो घटनाको गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको महा भुकम्प ।

हजारौ नेपालीहरुले त्यो बेला ज्यान गुमाएका थिए भने लाखौ नेपालीहरुको बिच्लली भएको थियो । अहिले त्यो दिन सम्झदा पनि आङ नै जिरिङ्ग हुन्छ । हो त्यही बेला र नेपालको धरहरा पनि भत्किएको थियो । सायद त्यो घटना नेपाल र नेपालीको लागि सधै भरी सम्झने कालो दिन हो ।

अहिले भने उनै रमिलाले धरहरा निर्माण भईसकेपछि म धरहराबाट खसेर बाँचेकी हुँ, अब मैले यहीँ जागिर पाउनुपर्छ भनेर पनि मिडिया माझमा आफ्नो कुरा पनि राखेकी छिन ।

प्रतिक्रिया दिनुहोस