पाकिस्तानमा १३ वर्षीय बालकको अपहरणको विरोधमा प्रदर्शन भइरहेका छन्

सिन्ध [पाकिस्तान], (एएनआई): बिहीबार पाकिस्तानको सिन्धको ज्याकोबाबाद शहरमा विशाल प्रदर्शनहरू भएका थिए र मानिसहरूले दुई महिना अघि अपहरण गरिएको १३ वर्षीय बालकको अवस्थाका बारेमा सरकारसंग माग गरेका थिए भनि स्थानीय मिडियाहरुले रिपोर्ट गरेका छन् ।

उक्त बालकलाई सहरको एक इलाका रमजानपुरबाट अपहरण गरिएको डनले जनाएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीविरुद्ध नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।आक्रोशित प्रदर्शनकारीको र्‍याली शहर हुँदै स्थानीय प्रेस क्लबसम्म पुगेर इलाका प्रहरीविरुद्ध प्रदर्शन गरेको थियो । उनीहरूले संदिग्ध अपहरणकर्ताहरू, मन्जुर अहमद र मल्हार चोहान विरुद्ध कुनै कारबाही गर्न पुलिस “पूर्ण असफल” भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस