आलु खाने गर्नुहुन्छ ? यस्ता छन् आलु खानुका फाइदा र बेफाइदाहरु: हेर्नु’होस्

आलु ओलको तरकारीको राजा आलु सबैलाई मन’पर्ने परिकार हो । यो सबै परिकारमा मिल्छ । त्यसैले पनि मानिस आलु मन पराउँछन् । आलु विश्वको सबै भागमा पाइन्छ । यस’लाई लामो समयसम्म भण्डा’रण गरेर राख्न सकिने भएको कारण आलु सर्वप्रिय भएको हो ।आलु धनि देखि गरिब सबैको भान्सामा पाक्ने गर्छ । आलुको सेवनबाट धेरै कि’सिमका स्वास्थ्य लाभ पाउन सकिन्छ ।

आलुको सेवनले पाचन प्रक्रि’यामा सुधार, मुटुको स्वास्थ्य राम्रो बनाउने, कोलेस्टेरोलको स्तर कम गर्ने, रगतमा सुगर लेभ’ल नियन्त्रण गर्ने र क्यान्स’रलाई रोक्न मद्धत गर्छ । यस बाहेक आलुले रक्तचाप कम गर्छ, अनिन्द्रा हटाउँछ, प्रतिरक्षा प्रणालीलाई मजबुत गर्छ र उमेर बढ्दै गएको देखिने संकेत कम गर्छ, तरल सन्तुलन बनाइ’राख्छ ,छालाको रक्षा गर्छ र आँखाको हेरविचारमा सहायता गर्छ ।

आलूमा सबै महत्वपूर्ण पोषक तत्वहरु पाइन्छ । जा’न्नुहोस् आलु खानुका अन्य फाइदाः

१. मस्तिस्कको लागि फाइदा’जनक
मस्तिस्कको उचित कार्यप्रणाली धेरै जसो ग्लुकोज स्तर, भिटामिन ‘बी’, अक्सिजनको आपूर्ती, ओमेगा ३ जस्ता फ्याटी एसिड, केही हार्मोन र एमिनो एसि’डमा निर्भर गर्छ । आलुमा यो सबै तत्व पाइन्छ त्यसैले आलु मस्तिस्कको लागि पनि धेरै लाभ’कारी छ भन्दा फरक नपर्ला । आलुले मस्तिस्कलाई थाक्नबाट रोक्छ र तपाईंलाई हरेक समय सतर्क राख्छ ।

२. क्यान्स’रबाट बचाउँछ
आलुमा फोलेट हुन्छ । डिएनएको संश्लेषण र मर्ममा फोलेटले एक महत्वपूर्ण भूमिका निभाउँछ । यसले कैयौं प्रकारका क्या’न्सर कोषलाई डिएनएमा उत्परिवर्तनको कारण बनाउ’नबाट रोक्छ । फल र सब्जीहरुका साथै आलु पनि उच्च फाइबर स्रोत हो जसले कोलोरेक्टरल क्यान्सरको जोखिमलाई कम गर्छ । आलुमा पाइने भिटामिन ‘सी’ र कार्सेन्टिन एन्टि अक्सिडेन्टले हाम्रो श’रीरलाई क्यान्स’रको विनाश’कारी प्रभावबाट बचाउँछ ।

३. मुटुको स्वास्थ्य
आलूमा रहेको फाइबर पोटेसियम भिटामिन ‘सी’ र भिटामिन बि६ कोलेस्टेरोलको स्तरलाई कम गर्न मद्धत गर्छ । आलुमा फाइबरको महत्वपूर्ण मात्रा रगतमा कोलेस्टेरोलको कुल मात्रालाई कम गर्न मद्धत गर्छ जसले मुटुको बिरामीको जोखिम कम हुन्छ ।

४. रक्तचाप
रक्तचाप नियन्त्रण’मा राख्नको लागि कम सोडियम आहार आवश्यक छ तर पोटेसियमको उच्च मात्रा पनि समान रुपले महत्वपूर्ण हुन्छ । पोटोसियमले रक्तनलीको चौडाइलाई बढाउँछ । आलुमा क्याल्सियम र म्याग्निसियम पाइन्छ । यसले स्वभाविक रुपले रक्तचाप’लाई नियन्त्रित गर्नमा मद्धत गर्छ ।

आलु खानुका बेफाइदा हरु…

आलुमा उच्च मात्रामा ग्लाईसे’मिक सूचांक हुने भएकाले कार्बोहाइड्रेटयुक्त तत्व शरीरमा छिटो–छिटो सुगरमा रुपान्तरण हुने र बिस्तारै ब्लडसुगर तहमा वृद्धि हुने उनीह रुले बताएका छन् । परिणामस्वरुप ब्लड सुगरको मात्रा बढ्ने उनीहरुको भनाईं छ । २० वर्ष ल’गाएर गरिएको अध्ययनमा पुरुष र महिला गरी १ लाख ८७ हजार सहभागी गराइएको थियो । नियमित रुपमा आलु खाने महिला र पुरुषमध्ये महिला’लाई अझै बढी उच्च रक्त:चापको खत’रा भएको अध्ययनमा जनाइएको छ ।

आलु खाँदा स्वास्थ्यसम्बन्धी धेरै जटि’लता ल्याउने निष्कर्ष पनि अध्ययन समूहको छ । गत जनवरीमा गरिएको एक अध्ययनमा आलु खाँदा गर्भावस्थामा डायबिटिजको उच्च खतरा भएको बताइएको थियो । सातामा दुईदेखि चारपटक आलु खाने गर्भवती महिलालाई डायबिटिजको खतरा २७ प्रतिशत रहेको अध्यय’नमा जनाइएको थियो ! – एजेन्सी

प्रतिक्रिया दिनुहोस