सिरियाको इन्टेल क्षमता बढाउन सक्ने चीनको सहयोगमा इजरायलको ध्यानाकर्षण

(जुलाई 31, 2022 / JNS) समाचार साइट ब्रेकिङ डिफेन्सको रिपोर्ट अनुसार चीन र सिरिया बीचको नयाँ सहायता सम्झौतामा दमास्कसलाई सञ्चार उपकरणहरू प्रदान गर्ने सम्झौता समावेश भएकाले यस कुराले इजरायली सुरक्षा प्रतिष्ठान भित्र “खतराको घण्टी” बजाएको छ भनी रिपोर्ट गरेको हो ।बेइजिङले सहायता मानवीय प्रकृतिको हुने कुरामा जोड दिँदा, इजरायली रक्षा स्रोतहरूले चीनको सहयोगले सिरियाको सैन्य सञ्चार सञ्जालमा हालको कमजोरीहरु पुरा गर्ने अपेक्षा गरिएको छ भनी बताएका छन् ।

इजरायलले हालैका महिनाहरूमा चिनियाँ विज्ञहरूले सिरियाली सैन्य प्रतिष्ठानहरूको भ्रमण गरेको संकेत गरेको छ र यी भ्रमणमा सिरिया गृहयुद्ध ताका सर्वाधिक क्षतिग्रस्त सैन्य प्रतिष्ठानहरु केन्द्रित थिए ।चीनले विगत एक दशकमा युद्धग्रस्त सिरियालाई करोडौं डलर सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस