बेलायत पठाइदिन्छु भनेर १५ लाख ठगी, एक जना पक्राउ

२९ साउन, काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–१ का प्रकाश राईलाई पक्राउ गरेको छ ।उनले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाइदिन भन्दै ३÷३ लाख रुपैयाँका दरले रकम लिएर फरार भएको प्रहरीले जनाएको छ ।

राईले सिजनल भिसामा बेलायत जान एक जनाको ९ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ४ लाख रुपैयाँ तलब पाइने भन्दै पीडितसँग रकम असुलेर फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनेपछि अपराध अनुसन्धान कार्यालयले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई वुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा बुझाएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस