पत्नी मधुलाई लिएर दुबई भ्रमणमा निस्किए महानायक राजेश हमाल

काठमाडौं :महानायक राजेश हमाल सोमबार बिहान दुबई भ्रमणमा निस्किएका छन् । उनी पत्नी मधुका साथ दुबइ भ्रमणमा निस्किएका हुन् । उनले हमालले भदौ ५ गते नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले गर्ने ‘नेपाल इभ टुरिजम टुर’ कार्यक्रममा भाग लिनेछन् ।

हमाल दुबईमा झण्डै एक साता भन्दा बढी समय रहनेछन् । त्यसक्रममा दुबई घुमघामदेखि डायस्पोराका अन्य कार्यक्रममा पनि सहभागी हुनेछन् । प्रायः एक्लै विदेश भ्रमणमा निस्कने हमाल यसपटक चाहिं पत्नी मधुलाई लिएर दुबई भ्रमणमा निस्किएका हुन् ।

सेप्टेम्बर १ मा त्यहाँबाट फर्किएपछि उनले फिल्म ‘मायाको माया’ छायांकनमा जानेछन् । फिल्ममा हमालले हिप्नोथेरापिस्टिक चिकित्सकको भूमिका निभाउने बताइएको छ । फिल्ममा आना शर्मा र अनुपविक्रम शाहीले पति पत्नीको भूमिका निर्वाह गर्नेछन् । रोहितकरण वैद्यले निर्देशन गर्ने फिल्मबाट सर्वाङ्गी पाण्डेले डेब्यु गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस