एमालेको युवा संघ आन्दोलन हैन, फोहोर उठाउन सडकमा उत्रियो

काठमाडौं । नेकपा एमालेका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंका बिभिन्न स्थानमा फोहर संकलन गरेको छ ।लामो समयसम्म पनि उपत्यकाको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले जनाएको छ ।फोहोरले दुर्गन्ध बढेको र बिभिन्न रोगको खतरा बढेकाले राज्यलाई झकझकाउन फोहर संकलन कार्यसुरु गरिएको राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो ।

फोहर संकलन उपत्यकाका बिभिन्न स्थानमा निरन्तर चल्ने र फोहर बिसर्जन गर्ने स्थलसम्म पुराईने उहाले बताउनुभयो ।उहाले फोहर बिसर्जनका बिषयमा यसअघि पनि विवाद भएपनि यसपटक भने यसलाई व्यवस्थापन गर्न महानगर चूकेको जस्तो देखिएको बताउनुभयो ।सत्तारुढ दलहरुले नै फोहर बिसर्जनमा अवरोध सिर्जना गर्न खोजेकाले सवै समस्याको समाधान राज्यले खोज्नुपर्ने पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस