शाहरुख खानकी छोरी सुहाना खान एक्कासी पुगिन् जोया अख्तरको अफिसमा

सुहाना खानको लोकप्रियता कुनै अभिनेत्री भन्दा कम छैन । सामाजिक सञ्जालमा उनको ठूलो फ्यान फलोइङ छ । यतिबेला उनी बलिउड डेब्यूका कारण चर्चामा छिन् । हालै उनको एउटा तस्बिर भाइरल भइरहेको छ, जसका कारण उनको बलिउडमा प्रवेशको चर्चा तिब्र रुपमा फैलिएको छ । वास्तवमा, सुहाना खान भर्खरै आफ्नो पढाइ सकेर भारत फर्किएकी छिन् ।

भर्खरै, उनी शुक्रबार मुम्बईमा फिल्म निर्माता जोया अख्तरको अफिसबाट निस्कने क्रममा फोटोग्राफरले उनको तस्बिर खिच्न भ्याएका थिए । तस्बिर भाइरल भएपछि सुहानाको बलिउड डेब्यूको तयारीलाई लिएर चर्चा सुरु भएको छ । यो चर्चाले गति लिएको छ । रिपोर्टका अनुसार सुहानाको भेट एक प्रोजेक्टका लागि हुन सक्छ जुन धेरै पहिले रिपोर्ट गरिएको थियो। सुहाना जोया अख्तरको फिल्मबाट डेब्यु गर्न सक्ने बताइएको छ ।

यी तस्विरहरु भाइरल भएपछि फेरी यो खबर बाहिरिएको छ । सुहानाका फ्यानहरु उनको डेब्यू फिल्मको लागि उत्सुकताका साथ पर्खिरहेका छन् । यद्यपी यो फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । सुहाना खानको पहिलो फिल्म लोकप्रिय कमिक्स आर्चीको रूपान्तरण हुने बताइएको छ । यस फिल्ममा बोनी कपूरकी कान्छी छोरी खुशी कपूर र अमिताभ बच्चनका नाति अगस्त्य नंदा पनि देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस