यस्तो मस्जिद जहाँ हिन्दु र सिखहरुले हेरचाह गर्दछन्

लुधियाना, १४ अगस्ट लुधियानाको हेडन बेट गाउँमा रहेको यो शताब्दी पुरानो मस्जिद साम्प्रदायिक सद्भावको प्रतीक बनेको छ . यस मन्दिरले विभाजनको डरलाग्दा पनि सामना पनि गरेको थियो ।विभाजन पछि यस गाउँमा एक पनि मुस्लिम बसेको छैन, तर मस्जिदमा हरेक दिन नमाज पढिन्छ र बत्ती बालिन्छ।

दशकौंदेखि, यसलाई सिख र हिन्दू गाउँलेहरूले हेरचाह गर्दै आएका छन्। उनीहरूका लागि यो आस्थाको ठाउँ पवित्र छ। धेरै वर्षसम्म यस पूजास्थलको हेरचाह गर्ने सुफी सन्तको मृत्यु भएपछि गाउँले ५६ वर्षीय प्रेम चन्दले सन् २००९ मा मस्जिदको हेरचाहको जिम्मेवारी सम्हालेका थिए।

प्रेम चन्द दिनमा दुई पटक मस्जिद जान्छन्, परिसर सफा गर्छन्, नमाज पढ्छन् र साँझमा बत्ती बाल्न बिर्सदैनन । “यहाँ आएर सुफी सन्तले सिकाउनुभएका केही वाक्यहरू नपढ्दा मेरो दिन अधुरो छ। मेरो स्वास्थ्य खराब भए पनि यो ठाउँमा मेरो विश्वासले मलाई निरन्तरता दिइरहेको छ,’ उनले भने। प्रत्येक वर्ष मे महिनामा, मस्जिदमा लङ्गरको आयोजना गरिन्छ जहाँ विभाजनको समयमा छोडिएका मुस्लिम परिवारहरूको सम्झनामा सम्पूर्ण गाउँलाई स्वादिष्ट परिकारहरू खुवाइन्छ।

गाउँले ६८ वर्षीय अमर सिंहले भने, “यहाँ झण्डै ५० मुस्लिम परिवार बस्ने गर्दथे। हरेक दिन नमाज पढ्थे । गाउँमा एउटै पनि मुस्लिम परिवार बाँकी नरहेको भए पनि उनीहरुको पूजास्थलको हेरचाह गर्न हामी सक्दो प्रयास गरिरहेका छौं ।” सियालकोटबाट सन् १९४७ मा परिवार यहाँ आएका गाउँका सरपंच गुरपाल सिंहले भने, ‘हामीले यो ‘रब्बा घर’ कसरी हेरचाह नगर्ने ? हाम्रो गाउँमा गुरुद्वारा र मन्दिर पनि छ, तर यो मस्जिद हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण छ।

सबै धर्मलाई बाँध्ने एउटै भगवानलाई हामी हाम्रा सेवाहरू प्रदान गर्दैछौं।”मस्जिद सन् १९२० तिर निर्माण भएकोले पुरातात्विक महत्वको ठाउँ भएको उनले बताए ।“गाउँले मस्जिदको संरक्षणका लागि सक्दो प्रयास गरिरहेको भए पनि सरकारले संरक्षण गर्नुपर्छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस