राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदबाट राजीनामा दिएको घोषणा

काठमाडौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा अध्यक्ष लिङ्देनले राजीनामा दिएको घोषणा गर्नुभयो । उहाँले संसदको आयु निर्वाचनपछि कायम राख्ने तयारी गरेकोमा असन्तुष्टि जनाउनुभएको छ ।

अध्यक्ष लिङ्देनले आइतबारपछिको तलब भत्ता नपठाउन संसद सचिवालयलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस