मलेसिया र इन्डोनेसियाको साउथ चाइना सागरमा चीनको आक्रामक कारबाहीमा मौन सहमति

हालैका वर्षहरूमा, मलेसिया र इन्डोनेसियाले दक्षिण चीन सागरको विवादित क्षेत्रहरूमा चिनियाँ कोस्ट गार्ड जहाजहरूको बारम्बार आक्रमणको सामना गरिरहेका छन्। मलेशियाको सबा र सारवाकको तट र इन्डोनेसियाको नाटुना टापुहरूको उत्तरमा यस्ता आक्रमणहरु हुने गरेका छन् ।

यी दुई क्षेत्रहरू बेइजिङको ूनौड्यास लाइनू सँग आसन्न छन् जसलाई बेइजिङले २००९ देखि पानीको स्तम्भ र महाद्वीपीय शेल्फमा स्वामित्वको दाबी सहित एक विशेष समुद्री क्षेत्राधिकारको रूपमा दाबी गर्दै आएको छ।रोयल मलेशियन नौसेना (RMN) र इन्डोनेसियाली नौसेना (TNI-AL) ले तिनीहरूको सामना गर्न र तिनीहरूलाई छोड्न बाध्य पार्नुको सट्टा उनीहरूको पानीमा प्रवेश गर्ने CCG जहाजहरूलाई स्याडोइगं गरेर चिनियाँ घुसपैठलाई जवाफ दिने भएको छ ।

यस अभ्यासलाई क्वालालम्पुर र जकार्ताले कसरी बेइजिङको दृढताको सन्दर्भमा जोखिम गणना गर्छन् भन्ने तथ्यलाई आत्मसाथ गरेर बुझ्नुपर्दछ । दुबै राष्ट्रहरूले चिनियाँ दृढतालाई प्रतिक्रियावादी कुराको रूपमा लिदै चीनसँगको आर्थिक रूपमा लाभदायक सम्बन्धलाई गहिरो बनाउने भन्दा आफ्नो सार्वभौमिकतालाई बढि ध्यान दिन जरुरी छ । बेइजिङलाई क्रमशः सहमत रेडलाइनहरू भित्र शत्रुता व्यक्त गर्न यी दुबै राष्ट्रहरुले स्पष्टता खोज्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस