पहाडमा खान नपुगेर चितवन झरेको बच्चा म दुई पटक प्रधानमन्त्री भएँ : प्रचण्ड

काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् ।

नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।

पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताउँदै  कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्।

‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’

उनले आफूले युवा अवस्थामै सपना देखेको र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउने सफल भएको जिकिर गरे ।

उक्त अठोट अझै कायम रहेको बताउँदै उनले युवाहरुलाई पनि सपना देख्न र सफल हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस