पुटिनलाई मोदीको सुझावः यो युद्धको समय हैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एउटा क्षेत्रिय समिटका दौरान रुसका राष्ट्रपति पुटिनलाई यो यूद्धको समय नभएको भनी भनेका छन् ।स्मरण रहोस्, नयाँ दिल्ली र मस्कोको शितयूद्धको सुरुवात देखि नै वलियो समबन्ध रहेको छ । त्यसमाथि रुस भारतको सबैभ्दन ठुलो हतियार निर्यातकर्ता राष्ट्र पनि हो ।

तर फेब्रुअरीमा युक्रेनमा मस्कोको आक्रमण पछि भएको पहिलो आमनेसामने भेटमा मोदीले पुटिनलाई “महामहिम, मलाई थाहा छ यो युद्धको लागि सही समय होइन।” भनी हाकाहाकी भनेका हुन् ।तेल र अन्य वस्तुको मूल्यवृद्धिका मुख्य कारण रुसले युक्रेनमा गरेको आक्रमण न हो । यद्धपि यस बिषयलाई लिएर भारतले रुसविरुद्ध उभिन चाहेको देखिँदैन ।

उज्बेकिस्तानको समरकन्द सहरमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा मोदिले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए ।मोदिका अनुसार बिज्ञान प्रविधीको पथमा कसरी अगाडि बढ्ने भन्ने कुरामा दुई जनाको वार्तालाप भएको थियो ।

रूसी सेनाले युक्रेनमा ठूला रणभूमि असफलताहरूको सामना गरिरहेको बेला नै एससीओ शिखर सम्मेलन भएको छ । र पुटिनका लागि पश्चिमी प्रयासहरूको बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो छैन भनेर देखाउने अवसरको रुपमा रुससंगको भारतीय समबन्धले प्रतिनिधित्व गर्दछ।

“मलाई युक्रेनको द्वन्द्वमा तपाईंको चिन्ता र तपाईंको अडान थाहा छ। हामी यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न सक्दो प्रयास गर्नेछौं,” पुटिनले मोदीलाई भने।तर पुटिनले युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धको मैदानमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पनि दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस