साउदी अरबमा वन्दे भारत मिशनलाई हाइलाइट गर्दै जयशंकर

रियाद [साउदी अरेबिया], सेप्टेम्बर 10 (एएनआई): विदेश मन्त्री एस जयशंकर ले आफ्नो साउदी अरबको दुई दिने भ्रमणको क्रममा वन्दे भारत मिशनलाई हाइलाइट गरेका छन् । बन्दे भारत मिसन अन्तर्गत विश्वभरबाट ७० मिलियन मानिसहरूलाई भारत फिर्ता ल्याइएको थियो।

हामीले वन्दे भारत मिशन अन्तर्गत संसारभरबाट ७० मिलियन मानिसहरूलाई फिर्ता ल्याएका छौं। अहिलेसम्म बिश्वमा कुनै देशले यति ठुलो रेस्क्यू गरेको छैन, यो मिसन कोभिड महामारीको समयमा गरिएको थियो, जयशंकरले रियादमा भारतीय समुदायसँगको कुराकानीमा भनेका छन् ।

वन्दे भारत मिसन कोरोनाभाइरसका समयमा यात्रा प्रतिबन्धहरूको बीचमा विदेशमा फसेका भारतीय नागरिकहरूलाई फिर्ता ल्याउनको लागि सबैभन्दा ठूलो रेस्क्यू अभ्यास हो । पहिलो खाडी युद्धमा इराक र कुवेतबीचको शत्रुताको शुरुवातमा सन् १९९० को प्रारम्भमा खाडी क्षेत्रबाट १,७७,००० मानिसहरूलाई बाहिर निकालेपछि भारतीय नागरिकहरूलाई फिर्ता ल्याउने यो सबैभन्दा ठूलो अभ्यासको रूपमा पनि मानिन्छ।

भारतका परराष्ट्र मन्त्रीका हिसाबले पहिलो पटक साउदी अरबको भ्रमण गरेका जयशंकरले भारत र साउदी अरबको मित्रताको पनि खुबै प्रशंसा गरेका छन् । दुई देशबीचको सम्बन्धमा भारतीय डायस्पोराले खेल्ने मुख्य भूमिकाको बारेमा बोल्दै उनले रियादमा रहेको भारतीय समुदायको पनि प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस