पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान विमान दुर्घटनाबाट जोगिए

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान शनिबार भएको विमान दुर्घटनाबाट जोगिएको हो । उनी चढेको विमान प्राविधिक खराबीका कारण आपतकालीन अवतरण गराएको स्रोतले जनाएको छ । हवाइजहाज उडेको केही समयमै विमानमा प्राविधिक समस्या देखिएको थियो ।

रिपोर्टका अनुसार पीटीआई अध्यक्ष चकलालाबाट गुजरनवाला जाँदै थिए। आपतकालीन अवतरण पछि उनी आफ्नो र्‍यालीका लागि सडकबाट गुजरानवाला गएका थिए।र्यालीमा पूर्व प्रधानमन्त्रीले आफ्नो पार्टीको इन्साफ स्टुडेन्ट फेडेरेसनका युवाहरूलाई सम्बोधन गरेका थिए ।

पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाले राष्ट्रलाई अंग्रेजहरूको दासत्वबाट मुक्त गरेको दाबी गरेका इमरानले अहिले राष्ट्र अहिले फरक समस्यामा परेको छ भनेर भाषण गरेको भनी द डनले रपोर्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस