शुन्य कोभिड नितिका लागि जनताप्रति अमानविय चीनको नेतृत्व

सुदूरपश्चिमी सिन्जियाङ क्षेत्रको एउटा सहरका बासिन्दाहरूले कडा लकडाउन मा ४० दिनभन्दा बढी समय बिताउँदा अब आएर खानेकुराको चरम अभाव सामना गर्न थालेका हुन् । अल जजीरामा प्रकाशित हालैको रिपोर्ट अनुसार कष्टकर लकडाउनमा चीनका नागरीकहरुले अमानवीय अवस्थामा बाँच्न परिरहेको छ ।

चीनको सुदूरपश्चिम सिनजियाङ क्षेत्रको गुल्जा सहरका बासिन्दाहरूले आफ्ना खाली फ्रिज र भोकाएका बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । अगस्टको सुरुमा सुरु भएको लकडाउनको समयमा आफ्नो अनुभव बाँड्दा केहीले आँसु बगाएका छन्, यी भिडियाहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

गुल्जामा तालाबन्दीले मुख्यतया मुस्लिम उइगुरहरू, सिनजियाङका मूल निवासी टर्किक जातीय समूहलाई लक्षित गरेको छ। चीनले यस क्षेत्रमा हिरासत केन्द्र र जेलहरूको नेटवर्क चलाएको आरोप पनि छ। संयुक्त राष्ट्र संघले चीनले करिब १० लाख उइगर र अन्य ठूलो संख्यामा मुस्लिम अल्पसंख्यकलाई मानवता विरुद्धको अपराध हुन सक्ने व्यवस्थामा जबरजस्ती राखेको बताएको छ।

तर, बेइजिङले यी शिविरहरू “अतिवाद” लाई सम्बोधन गर्न डिजाइन गरिएको व्यावसायिक सीप तालिम केन्द्रहरू भएको दाबी गर्दछ।गुल्जा कथित दमनकारी तालाबन्दी ‘शून्य कोभिड’ नीतिप्रति चीनको दृढ प्रतिबद्धताको एक हिस्सा हो। यद्यपि, औसत नागरिकका लागि बढ्दो कठिनाइहरू विरुद्ध यी प्रतिबन्धहरूको प्रभावकारितालाई चीनको नेतृत्वले मापन गर्न चाहेको चाँही छैन ।

यी लकडाउनहरुले स्थानीय प्रकोपहरू फैलिनबाट जोगाउन सक्छ तर जनसंख्यालाई ठूलो आर्थिक र मनोवैज्ञानिक असुविधा थोपर्छ। चिनियाँ भाइस प्रिमीयर सुन चुनलानले हालसालै मानिसहरूको काम र जीवनमा महामारीको प्रभावलाई न्यूनीकरण गर्न विज्ञानमा आधारित कोभिड नियन्त्रण उपायहरूको लागि आह्वान गरेका थिए।

राज्य संचालित सिन्ह्वा समाचार एजेन्सीका अनुसार, उनले २० औं पार्टी कांग्रेस अगाडि ठूलो मात्रामा प्रकोप रोक्नको आवश्यकतामा पनि जोड दिएका हुन् । जुलाईको अन्तमा ओमीक्रोन संक्रमणको जोखिमलाई समवोधन गर्न यात्रा र समूह भेलाहरूमा प्रतिबन्धको एक हप्ता लामो श्रृंखलाको साथ चीनले रेस्पोन्ड गर्यो , साउथ चाइना मर्निङ पोस्टले रिपोर्ट गरेको छ ।

यथार्थ त के हो भने प्रभावकारी विदेशी खोपहरू आयात गर्न चीनको हतोत्साहीले कोरोनाभाइरस संक्रमण विरुद्धको लडाईलाई बलियो बनाउन नसक्ने रिपोर्टहरू छन्।विशेषगरि वृद्ध बिरामीहरूको मामलामा सबैभन्दा बढी चिन्ता देखिन्छ। घरेलु खोपको प्रशस्त आपूर्ति गर्दै शटहरू उपलब्ध भएको एक वर्ष भन्दा बढी भइसक्दा पनि चीनका धेरै ज्येष्ठ नागरिकहरू खोपबाट बञ्चित छन्।

मे महिनाको मध्यमा ब्लूमबर्गकोे रिपोर्ट अनुसार, ६० वर्ष वा सोभन्दा बढी उमेरका करिब २१ करोड ६० लाख चिनियाँहरू, वा त्यो उमेर समूहको झण्डै ८२ प्रतिशत पूर्ण रूपमा खोप लगाइएको छ। तर अधिकारीहरूलाई उद्धृत गर्दै ८० वर्ष वा सोभन्दा बढी उमेरका करिब ५० प्रतिशत मानिसहरूलाई मात्रै खोप लगाइएको दाबी गरिएको छ । चीनले देखाएको तथ्यकं र बास्तविकतामा धेरै फरक छ ।

चीनले सबैभन्दा प्रभावकारी विदेशी कोरोनाभाइरस खोपको आयातलाई निषेध गरेको छ । कम प्रतिरक्षा प्रदान गर्ने घरेलु खोपहरुलाई सरकारले आफ्नो ूशून्य कोभिड नीतिमा प्रार्थमिकता दिएकाले पनि चीनमा यस कुराले धेरै आलोचना सामना गरेको छ ।

युरोपको एक विश्वविद्यालयमा अध्ययन गर्ने यासिनुफ, उइघुरले उनकी सासुले गत हप्ता डराएको भ्वाइस मेल पठाएर उनी हल्का खोकीको कारणले पनि केन्द्रीकृत क्वारेन्टाइनमा बस्न बाध्य भएको जनाएको बताएका छन् । आफ्ना आफन्तहरू विरुद्ध चीनको नेतृत्वले बदला लिने डरले आफ्नो थर खुलाउन अस्वीकार गर्ने यासिनुफले आफ्ना आमाबुवाले लकडाउन अघि भण्डारण गरेका खानाको भण्डार पनि सकिँदै गएको बताए ।

गत हप्ता गुइझोउ वन्यजन्तु पार्कले बाघ, पाण्डा र अन्य जंगली जनावरहरूको लागि खानाको लागि अपील गर्दै सार्वजनिक सहयोगको अपिल नि गरेको थियो शुन्य कोभिड महवाकांक्षामा चीन अमानवीय हदसम्म तल झरेको छ ।

बेइजिङ जस्ता शहरहरूमा समेत बासिन्दाहरूले कार्यालय भवन, रेस्टुरेन्ट र अन्य सार्वजनिक स्थानहरूमा अनुमति दिन प्रत्येक तीन दिनमा नेगेटिभ कोरोनाभाइरस जाँच रिपोर्ट भएको हनुपर्दछ । बेइजिङ जस्तो शहरमा त यो अवस्था छ भने अन्य शहरहरुमा कस्तो होला, सोच्दै भयावह अवस्था रहेको स्थानीय रिपोर्ट छ ।

प्रतिक्रिया दिनुहोस