इरान: प्रहरीको पक्राउमा परेकी २२ वर्षीया महिला महसा अमिनीको हिरासतमा मृत्यु

तेहरान , इरान सेप्टेम्बर एएनआईः कडा ड्रेस कोड लागू गर्ने इरानको प्रहरीको एउटा एकाई छ जसलाई मोर्टाटिी पहरी भनिन्छ । यो एक समर्पित इकाई हो र गत हप्ता यस एकाइले हिरासतमा राखेपछि २२ वर्षीया महिला महसा अमिनीको कोमामा गएर मृत्यु भएको खबर छ । यस घटनापछि इरानको सामाजिक सञ्जालमा ठुलै विवाद उत्पन्न भएको छ।

अल जजीराका अनुसार २२ वर्षीया महसा अमिनी आफ्नो परिवारसँग तेहरान भ्रमणमा थिइन् र त्यसैबेला उनलाई प्रहरी एकाईले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको केही समयपछि उनलाई हृदयघात भयो र आकस्मिक सेवाको सहयोगमा तत्काल अस्पताल लगियो पनि तर दुर्भाग्य उनी बाँच्न सकिनन ।

दुर्भाग्यवश, उनको मृत्यु भयो र उनको शव मेडिकल परीक्षकको कार्यालयमा लगियो भन्दै सरकारी टेलिभिजनले शुक्रबार गरेको रिपोर्टलाई अल जजीराले साभार गरेको छ। पिडित परिवारसँग कुरा गर्ने मानवअधिकार कार्यकर्ताहरूको भनायृ फरक पाइएको छ ।

परिवारका अनुसार पुलिसले अमिनीलाई समातेर पुलिसको गाडीमा जबरजस्ती लगे भनेर सीएनएनले इरानवायरलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उनका भाइ, कियारशले हस्तक्षेप गर्न त खोजे तर पुलिसले अमिनीलाई काउन्सीलीगं गर्न को लागी एक घण्टा पुलिस स्टेशनमा लैजाने बताएका थए । त्यसपछि उनकी दिदि फर्किएर आइनन् ।

प्रतिक्रिया दिनुहोस