व्यवस्था बदल्यौं, अब जनताको अवस्था बदल्छौं : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ध्येय जनताको अवस्था बदल्ने रहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो संघर्षपछि व्यवस्था बदलेको र अब जनताको अवस्था बदल्ने गरी अघि बढ्ने बताएका हुन्। 

प्रचण्डले भने, ‘निकै ठुलो त्याग तपस्यापछि व्यवस्था बदलियो। अब जनताको मन छुने गरी अवस्था बदल्न लाग्नेछु। व्यवस्था बदलियो जनताको अवस्था बदल्ने हाम्रो प्रतिवद्धता छ। ’

विकास र समृद्धिको नयाँ मोडेल चितवनबाट प्रदर्शन गरिने बताए। प्रचण्डले भने, ‘चितवन र चितवनमार्फत् सिंगै देशमा विकासको गति दिइने छ। उत्पीडित वर्ग जाति र समुदायलाई समृद्धिको नयाँ उचाइमा लैजाने सोच छ।’

प्रतिक्रिया दिनुहोस