फ्रान्स र अमेरिकाले युक्रेनको विषयमा पुटिनलाई प्रधानमन्त्री मोदीले दिएको सुझावको प्रशंसा

न्यूयोर्क [अमेरिका], सेप्टेम्बर २१ (एएनआई): भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा युक्रेन युद्धको बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सुझाव दिएका थिए । यस सुझाव लाई लिएर अमेरिका र फ्रान्सले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको बैठकमा प्रशंसा गरेका छन् ।

सेप्टेम्बर १६ मा समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीले खाद्य, इन्धन सुरक्षा र मलको समस्यालाई सम्बोधन गर्ने उपायहरू खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै आजको युग युद्धको होइनू भनेका थिए।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार युक्रेनको बिषयमा पुटिनलाई प्रधानमन्त्री मोदीको सुझावको खुलेर स्वागत गरे। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो समय युद्धको होइन र यो पश्चिमसँग बदला लिने वा पूर्वसँग पश्चिमको विरोध गर्ने समय होइन भन्ने तर्क राखेको मा आफूलाई खुबै चित्त बुझेको भन्दै फ्रान्सका राष्ट्रपति म्याकरोनले भनेका हुन् ।

यो हाम्रो सार्वभौमसत्ताको लागि सामूहिक समय हो र हामीले सामना गर्ने चुनौतीहरूसँग मिलेर सामना गर्न आवश्यक छ, म्याक्रोनले बताए । यता ह्वाइट हाउसको बैठकमा सुलिभानले पनि नरेन्द मोदीको तर्कको खुलेर प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस