संविधान उल्ट्याउने प्रयासः दाहाल

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान उल्ट्याउने प्रयास भएको दाबी गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिले सोमबार भरतपुरमा आयोजना कार्यक्रममा अध्यक्ष दाहालले संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउन षडयन्त्र भएको बताउनुभयो ।

अध्यक्ष दाहालले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने बताउनुभयो ।

दाहालले आफ्ना लागि प्रधानमन्त्री पद प्राथमिकताको विषय नभएको बताउनुभयो । उहाँले जनताको आर्थिक विकास र समृद्धि आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस