ओलीले भने – माफी नमागेसम्म ‘१० बुँदे’लाई टिकट दिइँन्न

काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्दा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा हुन थालेपछि आउँदाे निर्वाचनमा टिकट दिने की नदिने भन्ने विषयमा चर्चा भइरहेकाे छ ।

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा कुरा उठेकाे थियाे ।

छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयाे ,‘ १० बुँदे सहमति गरेकाहरुले त्यतिखेर हामीबाट गम्भीर गल्ती भयो भनेर लिखित रुपमा आत्मआलोचना गर्नुपर्छ, नत्र फेरि पनि पार्टीलाई धोका दिने सम्भावना हुन्छ ।’

१० बुँदे समझदारी गरेर एमालेमा बसेका नेताहरु ४ मंसिरमा हुने निर्वाचनका लागि आआफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस पनि भएका छन् । तर अध्यक्ष ओलीले पहिले नै पार्टीमा गम्भीर गल्ती गरेको हुनाले आउँदो चुनावमा उनीहरुलाई विना आत्माआलोचना टिकट दिन नहुने धारणा राख्दै आउनु भएकाे छ।

प्रतिक्रिया दिनुहोस