प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाउँदा अपार खुसी छु : भट्टराई

गोरखा : प्रचण्डलाई गोरखाको जिम्मेवारी सुम्पन पाएकामा अपार खुसी लागेको डाक्टर बाबुराम भट्टराईले बताएका छन् ।

गोरखा २ मा प्रचण्डको उम्मेद्वारी दर्तापछि बोल्दै डाक्टर भट्टराईले प्रचण्डको नेतृत्वमा गोरखाबाटै नेपालको संवृद्धिको अभियान सुरु हुने विश्वास व्यक्त गरे ।

प्रचण्डलाई आफ्नो सिट सुम्पिन पाएकोमा अत्यन्त हर्षित रहेको उनको भनाइ थियो । ‘उहाँजस्तो व्यक्तित्वलाई मैले नेतृत्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा आज म यति खुसी छु, यो खुशी नाप्ने कुनै यन्त्रको आविष्कार भएको छैन’, डाक्टर भट्टराईले भने, ‘म साँच्चै नै अन्तर्यदेखि के भन्छु भने नेपालको ऐतिहासिक भौगोलिक एकीकरण,

लोकतान्त्रिक नेपालमा लखन थापादेखि सुरेश वाग्लेसम्मको योगदान, र संवृद्धिकरणको युगमा फेरि एउटा उचाइ हाँसिल गर्नुपर्ने आवश्यकता छ, त्यसको नेतृत्व गर्ने अवसर पनि अब गोरखाले पायो ।

त्यसैले म आज अत्यन्तै खुसी छु ।’ जीवन रहेसम्म कुर्चीमा बसिरहने गलत परम्पराको अन्त्य गर्ने इतिहास आफूले निर्माण गरेको र आफ्नो क्षेत्र आफूभन्दा सक्षम व्यक्तित्वलाई हस्तान्तरण गर्न पाएकामा पनि उनले अपार खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस