तिब्बतमा सामूहिक डीएनए नमूना जाँचको पर्दाफास

सेप्टेम्बर २०२२ः मानव अधिकार वाच को रिपोर्टले तिब्बतमा चिनियाँ निगरानी र प्रहरीको थोरै ज्ञात पक्षलाई प्रकट गर्दछ। यसले सिनजियाङमा मा यसअघि उइघुर मुस्लिमहरूसँगको घटनामा पाइएको तिब्बतमा डीएनए प्रोफाइलिङको घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराएको छ .

यस्तो डीएनए को व्यापक संग्रह तिब्बती स्वायत्त क्षेत्र (TAR) र सिन्जियाङ दुबै तर्फ गरिएको पाइन्छ । चीन तल्लो तहमा डाटा अधिग्रहण र अनुगमन क्षमता बढाउन चाहन्छ।

मास डीएनए सङ्कलन ले चीनको प्रशासनको साँघुरो मानसिकता र गाउँ(स्तरीय प्रहरी पहलहरू बढाएर गरिने राज्य निर्देशित सर्भिलियन्सको स्पष्ट झल्को दिन्छ ।

उल्लेखनीय कुरा के छ भने, डीएनए नमूनाहरूमा व्यक्तिको पहिचान गर्ने शक्ति मात्र हुँदैन तर व्यक्तिको आनुवंशिक आफन्तहरू पनि ट्र्याक गर्न सकिने हुन्छ ।

व्यक्तिहरूलाई जानकारी नै निदई र सहमति बिना नै राज्यले आफ्नो सर्भिलियन्स कायम राख्न सक्दछ जुन सरासर मानव अधिकार बिपरितको अपराध हो ।

यसको मतलब यो हो कि पुलिसद्वारा सञ्चालित डीएनए डाटाबेसहरूको सम्भावित कभरेज ती भन्दा धेरै पर फैलिएको छ ।

पुलिसले डीएनए नमूनाहरू सङ्कलन गरेका मानिसहरुको तत्काल र टाढाका नातेदारहरू, र सम्भावित सन्तानहरू सम्म पहिचान गर्न सकिन्छ ।

TAR मा सामूहिक DNA सङ्कलन ड्राइभ सबै सात प्रिफेक्चरहरूमा डीएनए सङ्कलन भइरहेको छ तिब्बतमा बसोबास गर्ने हरुमा आपराधिक रेकर्ड जाँच गर्न गरिएको छ भन्ने चीनको दाबी त छ तर यसको कुनै प्रमाण छैन ।

प्रहरीहरुले बिना कुनै वारन्ट धमाधम डिएनए नमुना संकलन गरिरहेका छन् । चीनको प्रसासन यति निर्दयी छ कि पाँच वर्ष भन्दा कम उमेरका बालबालिकाहरू पनि केही डीएनए सङ्कलन ड्राइभहरूमा समावेश छन्।

गोलोकको जिया दाउ सहर प्रिफेक्चरमा पुलिसले डिसेम्बर २०२० मा जारी गरेको सन्देशमा डीएनए सङ्कलन गर्नका लागि ५ देखि ५० वर्षसम्मका सबै पुरुषहरुलाई उपस्थित हुन ठाडो आदेश दिइएको छ ।

रिपोर्टहरूमा बच्चाहरू, वा तिनीहरूका हेरचाहकर्ताहरूले तिनीहरूको बच्चाको डिएन संकलन गर्न सहमति दिएको प्रमाण नभेटिएको दाबी गरेका छन् । चीनको यस डिएनए संकलन तिब्बतमा तिब्बती पहिचानलाई कमजोर पार्ने अर्को एक कदम हो।

प्रतिक्रिया दिनुहोस