पाकिस्तानी अर्थतन्त्रको दुष्चक्र

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई प्रदान गरेको एक्सटेन्डेड सुविधाको सातौं र आठौं समीक्षा पछि अन्तिममा बाँकी १ दशलमव १ बिलियन कोष जारी गर्यो।

२०१९ मा ६ बिलियन डलर बेलआउटमा सहमत भएको आएमफ ऋणलाई बजार(निर्धारित विनिमय दर र आधिकारिक सञ्चितिको पुनर्निर्माणमा सार्वजनिक ऋण घटाउन, वित्तीय वृद्धि सुनिश्चित गर्न र देशको प्रतिव्यक्ति आय वृद्धि गर्ने सर्त राखिएको थियो ।

फन्डिगं लाई जुन २०२३ सम्म विस्तार गरिएको छ र पाकिस्तानले आफ्नो ७५ वर्षको अस्तित्वमा प्राप्त गरेको २३ औं आइएमफ कार्यक्रम हो।

तर, आईएमएफ योजना घोषणा भएको झण्डै एक महिना बितिसक्दा पनि पाकिस्तानले यीमध्ये कुनै पनि भुक्तानी पाउन सकेको छैन।

देशको घट्दै गएको रिजर्भमा दबाब कायमै छ, फलस्वरूप पाकिस्तानी रुपैयाँलाई गत महिनादेखि अहिलेसम्मकै सर्वाधिक कम मुल्यमा धकेलिएको अवस्था छ ।

सरकारको जिम्मेवारी सम्हाल्ने जो कोही पनि तुरुन्त हामीकहाँ आउँछन् र ऋण खोज्न अमेरिका वा साउदी अरेबियाको भ्रमणको प्रबन्ध मिलाउन आग्रह गर्छन्, ”पाकिस्तानका पूर्व विदेश सचिव र संयुक्त राष्ट्र संघका प्रतिनिधि शमशाद अहमदले द डिप्लोम्याटलाई बताए ।

म चाहन्छु कि शासकहरूले अर्थतन्त्रको आधारभूत कुराहरू जान्थेस् ऋण पूंजी होइन, तर दायित्व हो। र आईएमएफले हामी जस्ता देशहरूलाई दिने ऋण अमेरिकाको इशारामा हामीलाई अनन्त ऋणमा फसाउन डिजाइन गरिएको हो, ”उनले थपे।

उता पाकिस्तानका पूर्व अर्थमन्त्री सलमान शाहले द डिप्लोमेटलाई हाम्रो देशमा चरम राजनीतिक ध्रुवीकरण भएको छ भन्दै देशको आर्थिक स्थिति र शाषकहरुको चरम लापरवाहीको बिरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस