भारत सरकारले जम्मु कश्मिरमा परम्परागत माटोको भाँडा उद्योग पुनर्जीवित गर्न कदम चाल्ने

जम्मु र कश्मीरको केन्द्र र केन्द्र शासित प्रदेश सरकारले परम्परागत माटाको भाँडो बनाउने परम्परालाई पुनर्जीवित गर्न विभिन्न कदम चालेको छ ।

यो उधोग आधुनिक समयमा लगभग समाप्त भएको थियो। यसै सन्दर्भमा खादी इन्डियाले हालै ऐतिहासिक सहर पाम्पोरमा एक भव्य समारोहमा यस उद्योगसँग आबद्ध ३५० कुमालेहरूलाई आधुनिक मेसिनरी उपलब्ध गराएको एक रिपोर्टले जनाएको छ ।

यस पहललाई यस क्षेत्रका कुमालेहरूले आफ्नो कलामा नयाँ चमक दिने बताउँदै स्वागत गरेका छन् । यसले उनीहरूलाई उनीहरूको आर्थिक स्रोतमा वृद्धिसँगै उनीहरूको सपना साकार पार्ने मञ्च पनि दिनेछ।

प्रतिक्रिया दिनुहोस