मन्त्री मुरलीधरनले ओमानस्थित भारतको दूतावासमा नयाँ डिजाइन गरिएको पुस्तकालयको उद्घाटन गरेका छन्

मस्कट [ओमान], अक्टोबर (एएनआई): ओमानको दुई दिने भ्रमणमा रहनुभएका विदेश तथा संसदीय मामिला राज्यमन्त्री वी मुरलीधरनले पाठकहरूलाई ज्ञानको स्रोत उपलब्ध गराउने उद्देश्यले नयाँ डिजाइन गरिएको पुस्तकालयको उद्घाटन गर्नुभयो।

सोमबार ओमानस्थित भारतीय दूतावासमा भएको औपचारीक कार्यक्रमका बिच यस उद्घाटन गरिएको हो ।

मन्त्री मुरलीधरन दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन दुई दिने भ्रमणका लागि ओमानको राजधानी मस्कट पुगेका थिए ।

इतिहासदेखि दर्शनसम्म का अनि अन्तर्राष्ट्रिय सम्बन्धसम्मका विविध विषयका एक हजारभन्दा बढी पुस्तकहरू भएको पुस्तकालय पाठकका लागि स्रोतसाधन हुनेछ भन्दै मन्त्रीले ट्वीट गरेका छन् ।

मन्त्री मुरलीधरन ओमानी नेतृत्वसँग छलफल गर्न र भारतीय डायस्पोराका विभिन्न वर्गसँग अन्तरक्रिया गर्न तत्पर भएको र उहाँको भ्रमण दुई देशबीचको राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउने उद्देश्यका साथ गरिएको भन्ै मस्कटमा स्थित भारतीय दुतवासले बिज्ञप्तीमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस